आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राजेन्द्र लिङ्देनलाई ‘गोरुको बाच्छो’ भनेर हेप्ने ओलीलाई चाहियो राप्रपा

राजेन्द्र लिङ्देनलाई ‘गोरुको बाच्छो’ भनेर हेप्ने ओलीलाई चाहियो राप्रपा

  • मिडिया डबली
  • बुधवार, भाद्र १५ २०७९

  • 9.2K
    SHARES

  • राजेन्द्र लिङ्देनलाई ‘गोरुको बाच्छो’ भनेर हेप्ने ओलीलाई चाहियो राप्रपा

    काठमाडौं - प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पत्तासाफ हुने भएपछि एमालेले राप्रपासँग तालमेल गर्ने लगभग निश्चित भएको छ ।

    सत्ता गठबन्धनको सामना गर्न एमाले र राप्रपा निश्चित ठाउँमा तालमेल गर्न तयार भएका हुन् । केपी ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको वैशाखी लिन लागेका हुन् ।

    एक वर्षअघिसम्म लिङ्देनलाई ओलीले गोरुको बाच्छो हिँड्न जान्दैन बुरुक बुरुक उफ्रिन्छ भनेर हेप्ने गर्थे । अहिले झापाबाटै हार्ने निश्चित भएपछि ओलीलाई लिङ्देन अपरिहार्य भएका हुन् ।

    स्थानीय निर्वाचनमै एमाले र राप्रपाबीच तालमेलको चर्चा चलेको थियो । १७ चैत ०७८ मा एमाले अध्यक्ष केपी ओली र राप्रपा महामन्त्री धवलशमशेर राणाबीच नेपालगन्जको स्नेहा होटेलमा चुनावी सहकार्यकै विषयमा करिब दुई घन्टा लामो रात्रिकालीन छलफल भएको थियो ।

    तर त्यसबेला एमालेले राप्रपासँग तालेमल गरेन । बर लिङ्देनबाट अलग्गिएर गएका कमल थापा नेतृत्वको राप्रपा नेपालसँग तालमेल गर्न ओली तयार भए । यद्यपि, परिणाममा यसले दुवैलाई पार्टीलाई फाइदा पुर्‍याएन ।

    स्थानीय तहको चुनावमा लिएको निर्णयबाट घाटा भएको ओली–लिङ्देन दुवैले महसुस गरेका छन् । त्यसैले यसपटक एकै जिल्लावासी रहेका लिङ्देन र ओली तालमेलका गर्न तयार देखिएका हुन् ।

    सम्बन्धित क्षेत्रमा जित सुनिश्चितताका लागि पनि उनीहरूले तालमेल गर्नुपर्ने बाध्यता छ । अघिल्ला चुनावको अंकगणित हेर्दा दुवैलाई आगामी चुनाव जित्न एक–अर्कोको सहयोग चाहिएको छ ।

    गत २७ साउनमा राप्रपा अध्यक्ष लिङ्देन भक्तपुर बालकोटस्थित ओलीनिवासमा पुग्दा पनि एक–अर्काको आवश्यकताबारे छलफल गरेका थिए । ०७४ को निर्वाचनमा जसरी एक–अर्कालाई जिताउन दुवैले आ–आफ्नो निर्वाचन क्षेत्रमा सहकार्य गरेका थिए, त्यही सहकार्यको ‘मोडालिटी’लाई यसपालि बृहत्तर बनाउनुपर्नेमा उनीहरू अहिले लगभग सहमत भएका छन् ।

    एमालेको साथ पाएको अवस्थामा प्रत्यक्षतर्फ कम्तीमा पाँच सिट जित्ने, समानुपातिकमा थ्रेसहोल्ड कटाउने र संसदमा राष्ट्रिय मान्यताप्राप्त दलको मान्यता पाउने राप्रपाको विश्लेषण छ ।

    राप्रपा झापामा अध्यक्ष राजेन्द्र लिङ्देन, रुपन्देहीमा दीपक बोहरा, बाँकेमा धवलशमशेर राणा, सिन्धुपाल्चोकमा पशुपतिशमशेर राणा, नुवाकोटमा प्रकाशचन्द्र लोहनी, चितवनमा विक्रम पाण्डे, म्याग्दीमा जगत गौचन, जुम्लामा ज्ञानेन्द्र शाही, दैलेखमा कुन्ती शाहीलगायतलाई जिताउन एमालेसँग तालमेल गर्न तयार भएको छ ।

    एमाले पनि झापामा अध्यक्ष केपी ओली, रुपन्देहीमा विष्णु पौडेल र घनश्याम भुसाललगायतको क्षेत्रमा तालमेल गर्न सकारात्मक भएको छ । एमालेको अग्रता र राप्रपाको बलियो प्रभाव रहेको क्षेत्रमा तालमेल गर्न चाहेको छ ।

    ०७४ को प्रतिनिधिसभा निर्वाचनमा ओली झापा क्षेत्र नम्बर ५ र लिङ्देन क्षेत्र नम्बर ३ बाट उठेका थिए । ओलीको निर्वाचन क्षेत्रमा राप्रापाको राम्रो पकड छ ।

    उता लिङ्देनको क्षेत्रमा कांग्रेसका तर्फबाट कृष्ण सिटौला उम्मेदवार थिए । दुवैले सहज जित निकाल्न त्यतिवेला एक–अर्कालाई सघाएका थिए । तर, पछि राष्ट्रिय सभा चुनावमा एमालेलाई साथ नदिएको भन्दै ओली राप्रपासँग चिढिएका थिए ।

    त्यही कारण स्थानीय निर्वाचनमा लिङ्देन छाडेर कमल थापासँग सहकार्य गर्न पुगेका थिए । त्यसपछि ओलीको निर्वाचन क्षेत्र पर्ने दमकमा राप्रपा सत्तागठबन्धनसँग मिलेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend