सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक बिशेष

काठमाडौंमा १० हजार मत नभएका प्रचण्डलाई चाहियो तीन सिट

काठमाडौंमा १० हजार मत नभएका प्रचण्डलाई चाहियो तीन सिट

  • मिडिया डबली
  • बुधवार, भाद्र १५ २०७९

  • 5.3K
    SHARES

  • काठमाडौंमा १० हजार मत नभएका प्रचण्डलाई चाहियो तीन सिट

    काठमाडौं - काठमाडौंमा १० निर्वाचन क्षेत्र छन् । अघिल्लो आमनिर्वाचनमा वाम गठबन्धन हुँदा एमालेका ६ जनाले चुनाव जितेका थिए । ए

    मालेले काठमाडौं २, ३, ५, ७, ८ र ९ मा चुनावमा जितेको थियो । माओवादी केन्द्रका उम्मेदवार कोही पनि विजयी भएनन् । वाम गठबन्धन हुँदा पनि नेपाली कांग्रेसका चारजनाले चुनाव जितेका थिए ।

    सबै कम्युनिस्ट एक हुँदा पनि काठमाडौं १ मा प्रकाशमान सिंह, ४ मा गगन थापा, ६ मा भीमसेनदास प्रधान र १० मा राजन केसीले चुनाव जितेका थिए । यी चारवटै निर्वाचनमा अहिले पनि कांग्रेसले जित्ने निश्चित छ ।

    तर, काठमाडौंमा १० हजार मत नभएको माओवादी अहिले तीन सिट चाहियो भन्दै घुर्की लगाएर बसेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं ३, ६ र ९ क्षेत्र आफूले पाउनुपर्ने भन्दै बार्गेनिङ गरिरहेका छन् ।

    कतिसम्म भने काठमाडौं ३ कांग्रेस र एमालेको गढ हो । यहाँ दुवै पार्टीका बराबरी मतदाता छन् । तर, प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मोहरा बनाएर चर्चामा ल्याएका छन् ।

    मंगलबार बेलुकादेखि घिसिङलाई काठमाडौं ३ बाट माओवादीले उम्मेदवार उठाउने भनेर प्रचार गर्न थालिएको छ । नेपाल विद्युत प्राधिकरणमा धेरै परिवर्तन गरेर लोकप्रियता कमाएका घिसिङलाई उम्मेदवार बनाउन सके काठमाडौंमा गुमेको जनमत फर्किने झिनो आस प्रचण्डमा देखिन्छ ।

    जबकि काठमाडौंबाट माओवादी संगठन करिब करिब पत्तासाफ भइसकेको छ । माओवादीले काठमाडौं १ बाट अनिल शर्मा, ३ बाट कुलमान घिसिङ, ६ बाट हिमाल शर्मा, ९ बाट हितमान शाक्यलाई उठाउने चर्चा छ ।

    तर, गठबन्धन कार्यदलले भागबन्डा नलगाएकाले कुन कुन निर्वाचन क्षेत्र पाउने भन्ने निश्चित छैन । उता, एकीकृत समाजवादीले भने काठमाडौं २, ५ र ८ मा दाबी गरिरहेको छ ।

    २ मा माधवकुमार नेपाल, ५ बाट सुदेश पराजुली र ८ बाट जीवनराम श्रेष्ठलाई उठाउने एकीकृत समाजवादीको तयारी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend