सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

सरकारले शैलुङ कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्यो, प्रचण्डलाई घरबेटीको तनाव

सरकारले शैलुङ कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्यो, प्रचण्डलाई घरबेटीको तनाव

  • मिडिया डबली
  • बुधवार, भाद्र ८ २०७९

  • 5.3K
    SHARES

  • सरकारले शैलुङ कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्यो, प्रचण्डलाई घरबेटीको तनाव

    काठमाडौं - सार्वजनिक खरिद अनुगमन कार्यालयले शारदाप्रसाद अधिकारीको निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत रहेको कार्यालयले बुधबार अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिएको सूचना जारी गरेको छ ।

    काम समयमा नगर्ने तथा ठेक्का ओगटेर बस्ने अधिकारीको शैलुङ कन्स्ट्रक्सन निर्माण कम्पनीलाई कालोसूचीमा राखेर तीन वर्षका लागि प्रतिबन्ध लगाइएको छ । अधिकारी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन् ।

    उक्त कम्पनी अहिले शारदाप्रसादका छोरा अनुप अधिकारीको नाममा छ । कालोसूचीमा परेकाले निर्माण कम्पनीले नयाँ ठेक्का पाउने छैनन्। अधिकारीको शैलुङ कन्स्ट्रक्सनले दर्जनौं सडक आयोजनाको ठेक्का लिने तर समयै काम पूरा नगर्ने गर्दै आएको छ ।

    हरेक पटक म्याद थप गरी राज्यकोष दोहन गर्नेमा अधिकारी अग्रपंक्तिमा पर्छन् । प्रचण्ड तिनै अधिकारीको खुमलटारस्थित भव्य महलमा बस्दै आएका छन् ।

    केही समयअघि काठमाडौंका मेयर बालेन्द्र साहले सडक आयोजना समयमै पूरा नगर्ने घरबेटीको घरमा बसेर देश विकास कसरी गर्नु हुन्छ भन्दै प्रचण्डलाई दनक दिएका थिए । बालेनले सामाजिक सञ्जालमा दिएको स्टाटसले प्रचण्डको साख गिरेको विश्लेषण गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend