काठमाडौँ- केही दिन यता आफ्नाे सामाजिक सन्जाल फेशबुकमा एक युवा नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापालाई सत्ताेसराप गरिरहेकाे भेट्न सकिन्छ ।
फेशबुकमा साना साना भिडियाे हालेर भिडियाेमार्फत गगन थापालाई गाली गर्ने व्यक्ति हुन् सन्ताेष प्रधान चाैधरी । सन्ताेष प्रधान खासमा केपी ओलीका सहयाेगिका आफन्त(मिना श्रेष्ठ) हुन् । प
हिला एमाले कै कार्यकर्ता रहेका सन्ताेष ०७० काे संबिधानसभा २ मा पनि गगन थापाकाे चुनावी क्षेत्रमा विवेकशील पार्टीबाट उम्मेदवार थिए । कुकुर चुनाव चिन्ह लिएका उनले त्याे चुनावमा ४०० काे हाराहारी मत पाएका थिए ।
९ वर्षअघिकाे साे चुनाव सकिँदा गगन थापाले भारी मतले चुनाव जिते । तर सन्ताेष भने विवेकशील पार्टी बस्न सकेनन् । पार्टी छाड्ने लिने क्रम उनकाे चलिरह्याे । हाल सन्ताेष प्रधानले बैदिक सनातान धर्म निर्देशित राज्यकाे हुनुपर्ने अवधारणाकाे एउटा आफ्नै पार्टी बनाएका छन् । ०७९ मंसिरमा हुने निर्वाचनमा प्रधानले क्षेत्र नं ४ मा उम्मेदवार हुने घाेषणा गरेकाे चाैथाे दिन एमाले नेता केपि ओलीसँग भेटघाट गरे । केपी ओलीलाइ भेटेपछि उनले सामाजिक सन्जालमा लेखे, मैले बा लाई, "बा, नारायण" भने । बा ले "नारायण" भन्नुभयो ।"
केपी बा काे आशीर्वादवाला फाेटाे सामाजिक सन्जालमा पनि पाेस्ट गरे । अनि उनले शुरू गरे गगन थापालाइ गाली गर्ने खेती । त्यसाे बालकाेट वा ओली किचेनबाट गगन थापालाइ गाली गराउन लगाउने पूराना पात्रहरूमध्ये कै हुन सन्ताेष । यसअघि पनि अर्थ न बर्थका कुरामा गगन थापालाइ गाली गरिरहेकाे भेटिन्थे ।
ओलीका लागि नेपाली राजनीतिमा काउसाे बनिरहेका थापालाइ बदनाम गर्न ओली निकटले सन्ताेषजस्ता थुप्रै पात्र खडा गर्दै आएका छन् । काठमाडाैँ क्षेत्र नं ४ केपि ओलिकाे किचेन क्याबिनेटका राजन भट्टराइकाे पनि चुनाव क्षेत्र हाे । यस क्षेत्रमा राजन भट्टराइले जिताउने बिभिन्न फन्डा गर्ने नाममा केपि ओलीले सन्ताेषलाइ फन्डिङ गरिरहेकाे हल्लाबीच सन्ताेषकाे गतिबिधिले त्यसलाइ पुष्टि गरिरहेकाे छ ।
सन्ताेष यतिखेर क्षेत्र नं ४ मा गगन थापालाइ गाली मात्र गरेर बसिरहेका छन् । उनकाे गालीमा उनले एकातिर क्षेत्र नं ४ नबुझेकाे देखिन्छ भने अर्काेतिर केही वर्षदेखि आफै बसाेबास गरिरहेकाे कपनबारे पनि उनले ज्ञान हासिल नगरेकाे बुझ्न सकिन्छ ।
०५४ सालमा तत्कालिन गाविसका पदाधिकारीले खाेलामा ढल हाल्ने निर्णयले डुबानमा परिरहेकाे कपन डुबानलाइ गगन थापाकाे कारण भनेर सन्ताेषले अतिरन्जित गरिरहेकाे पाइन्छ । गगन थापाकाे पहलमा डुबानबाट कपनवासीलाइ बाहिर ल्याउन एक अर्बजति खर्च गरेकाे कुरालाइ आँखा चिम्लेर गगन थापाकाे गालीमा प्रधान व्यस्त देखिन्छन् ।
बालकाेटले बनाएकाे भाष्यमा आफूलाइ रूपान्तरित गर्ने क्रममा ९ वर्षदेखि क्षेत्र नं ४ मा सांसद रहेकाे गगन थापालाइ सन्ताेषले २० वर्षदेखि सांसद रहेकाे भनेर झुटकाे खेति गर्न लागेकाे छन्। यद्यपि प्रधानकाे याे स्टन्टले खासै प्रभाव पारेकाे भने देखिदैन ।
उनका भिडियाेमा वा स्टाटसहरूमा प्रतिक्रिया एकदमै न्यून नै छ तैपनि उनले गगन थापालाइ गालि गर्न भने छाडेका छैनन् । ठ्याक्कै ओली शैलीमा उत्रेर उनले गाली गरेका फेशबुक भिडियाेहरू उनकाे सन्तेाष प्रधान चाैधरी भन्ने फेशबुकमा भेट्न सकिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।