सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

माओवादी सशस्त्र द्वन्द्वमा अगाडि सारिएका दलित, मधेसी र जनजातिप्रति प्रचण्ड अनुदार

माओवादी सशस्त्र द्वन्द्वमा अगाडि सारिएका दलित, मधेसी र जनजातिप्रति प्रचण्ड अनुदार

  • मिडिया डबली
  • आइतवार, भाद्र ५ २०७९

  • 3.0K
    SHARES

  • माओवादी सशस्त्र द्वन्द्वमा अगाडि सारिएका दलित, मधेसी र जनजातिप्रति प्रचण्ड अनुदार

    काठमाडौं - आफूलाई समानुपातिक समावेशिताको मसिहा दाबी गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दलित, मधेसी र जनजाति समुदायप्रति अनुदार देखिएका छन् ।

    प्रचण्डले शनिबार स्थायी समिति बैठकमा प्रस्ताव गरेका २१ पदाधिकारीमा एकजना पनि दलित परेनन् । मधेसी एकजना मात्र छन् । महिला त पम्फा भुसालबाहेक अरु कोही पनि देखिएन ।

    १० वर्षे सशस्त्र द्वन्द्वमा अग्रपंक्तिमा भिडाएर मारिएका, बेपत्ता पारिएका र घाइते भएका दलित, आदिवासी जनजाति, महिला, पिछडिएको क्षेत्रबाट उल्लेख्य प्रतिनिधित्व नहुनुले माओवादी पनि भालेवादतिर हिँडेको भन्दै चरम असन्तुष्टि सुरु भएको छ ।

    हिजो सशस्त्र द्वन्द्वमा दलित, महिला, जनजाति युवालाई अगाडि भिडाएर प्रचण्ड समूहले आफूहरू सुरक्षित बनेका थिए । अहिले त्यो समुदायको घोर उपेक्षा गरिएको छ ।

    पार्टीको राष्ट्रिय महाधिवेशन र गत केन्द्रीय समितिद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै प्रचण्डले स्थायी समितिको बैठकमा पेस गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोख्रेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुषाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृकाप्रसाद यादव छन् ।

    यस्तै, सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की तथा कोषाध्यक्ष श्रीराम ढकाल छन् । प्रचण्डले पदाधिकारीमा देव गुरुङ र वर्षमान पुनलाई जनजातिबाट मनोनीत गरेका छन् । मधेसीबाट मातृका यादव मात्र छन् । गणेश साह आफूलाई ठकुरी भन्ठान्छन् ।

    महिलामा पम्फा भुसाल छिन् । माओवादीको पदाधिकारीमध्ये ८० प्रतिशतभन्दा बढी ब्राह्मण क्षेत्री समुदायका छन् । हिजो एमालेलाई बाहुन क्षेत्रीको पार्टी भन्ने प्रचण्डले आफ्नै पार्टीमा एमालेको पदचाप पछ्याएका छन् ।

    एमाले र माओवादीको भन्दा कैयौं गुणा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति समावेशी छ । नेपालमा समावेशी सिद्धान्तको सुरुवात गर्नेमा नेपाली कांग्रेस नै पहिलो पार्टी हो ।v

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend