सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

एक वर्ष कसैले बाबुरामलाई झेलेर देखाओस् भन्ने प्रचण्ड अहिले किन लपक्कै ?

एक वर्ष कसैले बाबुरामलाई झेलेर देखाओस् भन्ने प्रचण्ड अहिले किन लपक्कै ?

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ३ २०७९

  • 3.0K
    SHARES

  • एक वर्ष कसैले बाबुरामलाई झेलेर देखाओस् भन्ने प्रचण्ड अहिले किन लपक्कै ?

    काठमाडौं - २०७२ मा संविधानसभाबाट संविधान जारी भएलगत्तै बाबुराम भट्टराईले एकाएक माओवादी पार्टी त्यागे । पार्टी त्यागेर उनी तराई मधेस गए । संविधानको विरोधमा तराईमा विरोध चलिरहेको थियो ।

    उनी त्यसमा घिउ हाल्न धनुषा पुगे । मधेसको माग सम्बोधन नभएको असन्तुष्टि त्यहाँ व्याप्त थियो । बाबुराम त्यसलाई क्यास गर्न जनकपुर पुगेका थिए । झन्डै उनले त्यहीँ कुटाई खाएका थिए । सुरक्षाकर्मीले रोकेपछि उनी बालबाल बचेका थिए ।

    बाबुरामले पार्टी त्यागेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए– ‘मैले बाबुरामलाई २५ वर्षसम्म कसरी झेलेर बसेको होला । कसैले उनलाई एक वर्ष झेलेर त देखाओस् ।’ त्यसपछि बाबुरामले नयाँ शक्ति पार्टी खोले ।

    तर, त्यो पार्टी २०७४ को चुनावसम्म मात्रै क्रियाशील रह्यो । उनले नयाँ शक्तिलाई संघीय समाजवादी पार्टीमा विलय गराए । फरक पार्टीमा पुगेपछि बाबुरामले प्रचण्डलाई भ्रष्टाचारीदेखि अनेक लाञ्छना लगाए ।

    कतिसम्म भने माओवादी लडाकू शिविरको पाँच अर्ब प्रचण्डकै निर्देशनमा भ्रष्टाचार भएको सार्वजनिक अभिव्यक्ति दिए । उनले आफू रातो स्टिकर भएको घरमा नफर्किने उदघोष गरे ।

    बाबुरामले बुढीगण्डकी जलविद्युत परियोजनामा प्रचण्ड, जनार्दन शर्मालगायतले अर्बौं कमिसन खाएको गोरखा जिल्लामै पुगेर भाषण गरे । तर अहिले प्रचण्ड र बाबुराम एक भएका छन् ।

    प्रचण्डले त अब आफू र बाबुरामलाई कसैले पनि फुटाउन नसक्ने दाबी गरे । केही समयपछि निर्वाचन हुँदैछ । बाबुरामले माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनावमा उठ्ने भएका छन् ।

    चुनावका बेला गोरखा २ बाट उठेमा बाबुरामले अब कसलाई गाली गरेर भोट माग्लान् भन्ने चासो सर्वत्र देखिएको छ । किनभने हिजोसम्म तिनै प्रचण्डलाई गाली गर्ने बाबुरामसँग अब त्यौ नैतिकता पनि रहने ।

    यतिबेला प्रचण्डमाथि पनि व्यापक प्रश्न उब्जिएको छ । आफूलाई भ्रष्टाचारी करार गर्ने बाबुरामसँग किन लपक्कै टाँसिएको भन्ने प्रश्न उनीमाथि हुन थालेको छ । कतै आफूपछि बाबुरामलाई माओवादीको विरासत दिने प्रचण्डको भित्री रणनीति त होइन भन्ने अनुमान पनि गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend