शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

काठमाडौं बासीका पक्षमा गगनले दिए यस्तो अभिव्यक्ति, चौतर्फी खुसियाली

काठमाडौं बासीका पक्षमा गगनले दिए यस्तो अभिव्यक्ति, चौतर्फी खुसियाली

  • मिडिया डबली
  • बिहिवार, भाद्र २ २०७९

  • 13.8K
    SHARES

  • काठमाडौं बासीका पक्षमा गगनले दिए यस्तो अभिव्यक्ति, चौतर्फी खुसियाली

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोरको समस्या नबल्झिने गरी हल खोज्‍नुपर्ने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर ४ का सांसद थापाले बिहीबार काठमाडौंका केही सांसद, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन, अन्य निकाय र सहरी विकास मन्त्रीसहितको बैठकमा तत्कालाई अवरोध हटाउने सहमतिप्रति खुसी व्यक्त गर्दै नबल्झिने गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन्। 

    उनले भनेका छन्, ‘काठमाडौंको फोहोर पुनः उठ्न थाल्यो,यो खुसीको खबर हो। तर,फेरि अवरोध पो हुने होकि भन्ने संशय भने मनमा छ। यस पटक समस्या नबल्झिने गरी हल खोजौं भन्ने चाहना र प्रयत्न हो।’

    उनले फोहोर व्यवस्थामा स्थानिय सरकारले गरिरहेको काममा सहयोग पुर्‍याउनुपर्नेसमेत उनले बताएका छन्। भनेका छन्, ‘मूलतः फोहोर व्यवस्थापनको सन्दर्भमा स्थानीय सरकारले गरिरहेको काममा सहयोग पुर्‍याउने, स्थानीय सरकार र संघीय सरकारले गर्ने भनेका काम तत्–तत् निकायले समयमा सम्पन्न गर्ने नै हो। बैठकमा मेरो अनुरोध रह्यो–समस्या बल्झेपछि अप्ठ्यारो परेको बेलामा मात्र जुट्ने नभई नियमित रूपमा बसौँ।’

    कांग्रेस महामन्त्री थापाले महामारीको खतरा बढेकाले फोहोर व्यवस्थापनमा अवरोध नगर्न धादिङ र नुवाकोटबासीलाई आग्रहसमेत गरेका छन्। 

    उनले थपेका छन्, ‘कम्तीमा हप्तामा एक पटक सबै निकाय–अड्डालाई बोलाएर बसौँ,समीक्षा गरौँ, जहाँ जसले जे गर्नुपर्ने हो गरौँ। माननीय मन्त्रीज्यूले यसलाई पूर्ण सकारात्मक रूपमा लिएर आइतबार नै बैठक बसेर काम अगाडी बढाउने जिम्मा लिनुभएको छ।’

    बञ्चरेडाँडामा बिहीबार एकैदिन २८५ गाडी फोहोर झारिएका छन्। यसअघि तीन राजनीतिक दलका नेताहरुले विज्ञप्ति जारी गरेपछि यसलाई राजनीतिकरण नगर्न भन्दै काठमाडौंका मेयर बालेन्द्र शाहले आक्रोश व्यक्त गरेका थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend