सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

आफ्नै बोलीले फसे प्रचण्ड, अटेर गरे कारबाही

आफ्नै बोलीले फसे प्रचण्ड, अटेर गरे कारबाही

  • मिडिया डबली
  • मंगलवार, श्रावण ३१ २०७९

  • 3.8K
    SHARES

  • आफ्नै बोलीले फसे प्रचण्ड, अटेर गरे कारबाही

    काठमाडौं - नेपालमा आफूलाई चर्चामा ल्याउन, कार्यकर्ताको ताली खान जे पनि बोलिदिने नेताहरूको कमी छैन । विदेशमा कुनै पनि विषयमा बोल्नुपर्दा नेताहरूले तौलेर बोल्ने गर्छन् ।

    कतै आफ्नै बोलीका कारण विवादमा आउने र बहिष्कारमा पर्ने हो कि भन्ने डर उनीहरूमा हुन्छ । त्यहाँका जनता पनि बढी नै सचेत छन् । तर, नेपालमा देशको प्रधानमन्त्रीसमेत भइसकेका नेताहरू पनि अन्टसन्ट बोल्ने गरेका छन् ।

    केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल सबै आफूलाई चर्चामा ल्याउन विवादास्पद अभिव्यक्ति दिने गरेका छन् । जसकारण बेलाबेलामा विवादमा आउने गर्छन् ।

    पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैंले बोलेका अभिव्यक्तिले विवादमा परेका छन् । विवादमा परेको मात्र होइन, निर्वाचन आयोगले उनलाई पत्र नै काटेको छ । प्रचण्डले गाउँपालिका अध्यक्षको चुनाव जित्न उम्मेदवारले १० करोड रुपैयाँ खर्च गरेको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसबारे जानकारी गराउन भनिएको निर्वाचन आयोगले जनाएको छ ।

    ‘उहाँले चुनावमा सीमाभन्दा धेरै खर्च गरेको अभिव्यक्ति दिएपछि त्यसबारे सूचना उपलब्ध गराइ सहयोग गरिदिन आयोगले पत्राचार गरेको हो,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । आयोगले केही दिनअघि प्रचण्डलाई पत्र काटेको हो ।

    तर, प्रचण्डले पत्रको जवाफ दिन सकेका छैनन् । चुनावमा खर्च गर्न पाउने सीमा तय भएकाले त्यसभन्दा तलमाथि भए जोकोहीले आयोगलाई जानकारी दिन सक्ने आयोगले जनाएको छ ।

    प्रचण्डले साउन ९ गते कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको कार्यक्रममा गाउँपालिकाको चुनावमा १० करोडसम्म खर्च गरेको रिपोर्ट आएको हावा गफ दिएका थिए ।

    तर, कुन गाउँपालिकामा सो परिमाणको रकम खर्च भएको हो भन्ने उनले बताउन सकेका छैनन् । निर्वाचन आयोगले पालिका चुनावमा उम्मेदवारले बढीमा साढे ७ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने सीमा तोकेको थियो ।

    महानगर मेयर उपमेयरले बढीमा ७ लाख ५० हजार, उपमहानगर मेयर उपमेयरले बढीमा ५ लाख ५० हजार, नगरपालिकाका मेयर उपमेयरले ४ लाख ५० हजार र गाउँपालिका अध्यक्ष–उपाध्यक्षले ३ लाख ५० हजार रुपैयाँ चुनावको प्रचारमा खर्च गर्न पाउने सीमा निर्धारण गरिएको थियो ।

    यसअघि नवलपुरमा आयोजित कार्यक्रममा कांग्रेस नेता शशांक कोइरालाले चुनाव महँगो भएको, आफ्नो ६ करोड जति खर्च भएको भनेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend