सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक बिशेष

पार्टी टाट पल्टिएपछि बाबुराम र वामदेव खुमलटारको शरणमा, १७ वर्षअघिको प्रचण्ड इच्छा पूरा

पार्टी टाट पल्टिएपछि बाबुराम र वामदेव खुमलटारको शरणमा, १७ वर्षअघिको प्रचण्ड इच्छा पूरा

  • मिडिया डबली
  • मंगलवार, श्रावण ३१ २०७९

  • 4.4K
    SHARES

  • पार्टी टाट पल्टिएपछि बाबुराम र वामदेव खुमलटारको शरणमा, १७ वर्षअघिको प्रचण्ड इच्छा पूरा

    काठमाडौं - १७ वर्षअघि सशस्त्र माओवादी द्वन्द्वका बेला एमाले नेता वामदेव गौतम रोल्पा पुगे । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराईसहितलाई भेटेर शान्तिपूर्ण राजनीतिमा आउन तत्कालीन सरकारको सन्देशसहित गौतम रोल्पा पुगे ।

    उनीहरूबीच भेटवार्ता भयो । त्यसको केही समयपछि माओवादीले सशस्त्र द्वन्द्व रोकेर शान्तिपूर्ण राजनीतिमा आउने घोषणा गर्यो । माओवादीले कृष्णबहादुर महरा, देव गुरुङ र दिनानाथ शर्मालाई वार्ता गर्न काठमाडौं पठायो ।

    त्यो सबै वामदेवकै सल्लाहमा भएको थियो । १७–१८ वर्षअघिको प्रचण्ड, बाबुराम र वामदेवको केमेस्ट्री यतिखेर आएर मिलेको छ । अर्थात् बाबुराम र वामदेव माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनावमा जाने भएका छद् ।

    बाबुराम नेतृत्वको नेपाल समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले हसिया हथौडाबाट निर्वाचन लड्ने भएका छन् । दुवै पार्टीका नेताहरु आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडाबाट निर्वाचन लड्ने भएको हो ।

    मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले दुवै दललाई निर्वाचन चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो । भट्टराईले २०७४ मा कांग्रेससँग गठबन्धन गरेर गोरखा–२ बाट प्रतिनिधि सभा सदस्य जितेका थिए। आफ्नो पार्टी कमजोर मात्र होइन, टाट पल्टिएपछि बाबुराम र वामदेव माओवादीको सहारा लिएर चुनाव लड्न लागेका हुन् ।

    एमाले छाडेर हालै नयाँ पार्टी खोलेका वामदेव र माओवादीलाई हैसियत देखाउन अर्को नयाँ शक्ति पार्टी खोलेका बाबुराम आखिर शीतलता खान माओवादीको शरणमा पुगेका छन् ।

    बाबुराम मधेसी दल माडेर माओवादीमै फर्किने तयारीमा छन् । वामदेवले बर्दिया छाडेर प्युठानबाट चुनाव लड्ने र त्यसमा आफूलाई सहयोग गर्न प्रचण्डसँग सर्त राखेका छन् ।

    तर यसपटक त्यो सम्भावना निकै कम छ । किनभने प्युठानमा राजमो र कांग्रेसमध्ये एकले निर्वाचन जित्ने प्रबल सम्भावना छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend