काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश गर्ने नगर्ने सम्बन्धनमा दुवै पक्षलाई छलफल गर्न उपयुक्त देखिएको भन्दै छलफलका लागि भदौ २ गतेको पेसी तोकेको हो ।
यसको साथै केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा गरिएको नियुक्ति सम्बन्धी मन्त्रिपरिषद्को निर्णयसहितको सक्कल फाइल झिकाउन आदेशसमेत दिएको छ ।
केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुर्व्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।