सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

फोहोरमा राजनीति हुन थालेपछि गगनले दिए यस्तो अभिव्यक्ति, चौतर्फी सुरु भयो चर्चा 

फोहोरमा राजनीति हुन थालेपछि गगनले दिए यस्तो अभिव्यक्ति, चौतर्फी सुरु भयो चर्चा 

  • मिडिया डबली
  • सोमवार, श्रावण ३० २०७९

  • 21.9K
    SHARES

  • फोहोरमा राजनीति हुन थालेपछि गगनले दिए यस्तो अभिव्यक्ति, चौतर्फी सुरु भयो चर्चा 

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंका सडकमा थुप्रिएका फोहोर व्यवस्थापनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, सहरी विकास मन्त्री मेटमणि चौधरीसहितले पहलकदमी लिनुपर्ने बताएका छन्।

    बञ्चरेडाँडाँका स्थानीय बासिन्दासँग गरिएका सहमति कार्यान्वयन नहुँदा आक्रोश देखिएको भन्दै उनले फोहोर व्यवस्थापनका काममा काठमाडौं महानगरपालिकालाई संघीय सरकारले पनि सहयोग गर्नुपर्ने बताए।

    ललितपुरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले काठमाडौंका जनप्रतिनिधिले प्रधानमन्त्री देउवासँग भेटेर फोहोर व्यवस्थापनबारे पहलकदमी लिन आग्रह गर्न लागेको थापाले बताए।

    ‘हामी काठमाडौंका जनप्रतिनिधिले प्रधानमन्त्री र सहरी विकास मन्त्रीलाई भेटेर फोहोर व्यवस्थापनका लागि पहलकदमी लिन आग्रह गर्न लागेका छौं,’ उनले भने, ‘प्रधानमन्त्रीसँग समय माग गरिएको छ, आजै हामी छलफल गर्छौं।’

    उनले बन्चरेडाँडामा महानगरपालिका र स्थानीयबीच भएका सहमति पूरा भए वा भएनन् भन्ने अनुगमन गर्ने संयन्त्र पनि बनाउनुपर्ने बताए। ‘काठमाडौं र धादिङका सांसदहरू राखेर अनुगमन र सहजीकरणका काम गरौं,’ थापाले भने, ‘आवश्यक पर्दा सांसदहरूले प्रधानमन्त्री र सहरी विकास मन्त्रीको पनि ध्यानाकर्षण गराउनुहुन्छ।’

    फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरलाई संघ सरकारको सहयोग आवश्यक परेको पनि उनले बताए। ‘तुरून्त पूरा गर्ने भनेर स्थानीयसँग गरिएका सहमति कार्यान्वयन नहुँदा आक्रोश देखिन्छ,’ उनले भने, ‘वर्षौंदेखि सम्झौता हुने तर कार्यान्वयन नहुने अवस्था पनि छ।’

    उनले समस्या समाधानका लागि पहल गरिने बताए। फोहोर फाल्न नदिन राजनीतिक पार्टीहरूले नै अवरोध गरेको गुनासा आएका छन् नि! भन्ने प्रश्नमा थापाले भने, ‘तत्कालको फाइदाका लागि राजनीति गर्ने कांग्रेस, एमाले, माओवादी को–को छन् सार्वजनिक गर्नुपर्छ। जनताको स्वास्थ्यमा खेलवाड गर्न मिल्दैन।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend