सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

प्रचण्डलाई अर्को आपत, निर्वाचन आयोगले पठायो यस्तो पत्र 

प्रचण्डलाई अर्को आपत, निर्वाचन आयोगले पठायो यस्तो पत्र 

  • मिडिया डबली
  • सोमवार, श्रावण ३० २०७९

  • 3.3K
    SHARES

  • प्रचण्डलाई अर्को आपत, निर्वाचन आयोगले पठायो यस्तो पत्र 

    काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव जित्न १० करोड खर्च गर्नेबारे जानकारी गराइदिन आग्रह गरेको छ ।

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रचण्डले गाउँपालिका अध्यक्षको चुनाव जित्न उम्मेदवारले १० करोड रुपैयाँ खर्च गरेको भनी सार्वजनिक अभिव्यक्ति दिएको आयोगको जानकारीमा पुगेपछि ती व्यक्तिबारे जानकारी गराउन आग्रह गरिएको हो । 

    ‘चुनाव जित्न १० करोड खर्च गर्ने व्यक्तिबारे जानकारी गराइदिनुस् भनेका हौं,’ प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । उनका अनुसार केही दिन अगाडि प्रचण्डलाई यस्तो आग्रह गरेर पत्र पठाइएको छ । 

    पत्रको जवाफ आयोगले पाएको छैन । चुनावका खर्च गर्न पाउने सीमा तय भएकाले त्यस भन्दा तलमाथि भए जो कोहीले आयोगलाई जानकारी दिन सक्ने पनि प्रवक्ता शर्माले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend