सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

प्रचण्डले ललितपुर ३ ताकेपछि गठबन्धनमा तरंग

प्रचण्डले ललितपुर ३ ताकेपछि गठबन्धनमा तरंग

  • मिडिया डबली
  • आइतवार, श्रावण २९ २०७९

  • 10.4K
    SHARES

  • प्रचण्डले ललितपुर ३ ताकेपछि गठबन्धनमा तरंग

    काठमाडौं - सत्तारुढ गठबन्धन दलबीच प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडको गृहकार्य सुरु भइरहेका बेला शीर्ष नेताहरूलाई सुरक्षित क्षेत्र उपलब्ध गराउने रणनीति बनाइएको छ ।

    जसकारण नेपाली कांग्रेसमा व्यापक असन्तुष्टि सुरु भएको छ । यसो गर्दा माओवादी र एकीकृत समाजवादीका नेताहरूलाई फाइदा हुने र कांग्रेसलाई घाटा हुने देखिएको छ ।

    सबैभन्दा सकस अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई परेको छ । उनी चितवन ३ बाट उठ्ने कि अर्को क्षेत्रबाट उठ्ने भन्ने द्विविधामा छन् ।

    त्यसका लागि उनले ज्योतिष सुरेशचन्द्र रिजालसँग परामर्श गरिरहेका छन् । प्रचण्डको गृहजिल्ला चितवन भए पनि अहिले उनी ललितपुरको खुमलटारमा बस्छन् ।

    जुन क्षेत्र नम्बर ३ मा पर्छ । यो निर्वाचन क्षेत्रमा कांग्रेसले पनि दाबी गरिरहेको छ । अहिले माओवादीकी पम्फा भुसाल सांसद छिन् । तर, यसपटक कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेत र मदन अमात्यबीच एकजनाले टिकट पाउने निश्चित छ ।

    तर, माओवादी अध्यक्ष प्रचण्डले ललितपुर ३ मा आँखा गाडेपछि गठबन्धनमा तरंग सिर्जना भएको छ । स्रोतका अनुसार माओवादीमा प्रचण्डलाई जसरी पनि चुनाव जिताउनुपर्ने दबाब छ ।

    त्यही भएर उनलाई कहिले सिन्धुली १, कहिले सर्लाही ३ त कहिले ललितपुर ३ मा उठाउने चर्चा चल्ने गरेको छ । यदि यसपटक कांग्रेसले ललितपुर ३ मा टिकट नपाए ठूलो विद्रोह हुने बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend