काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ताइवानको पछिल्लो घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
प्रचण्ड शुक्रबार बेलुकी जापान जाने तयारीमा छन् । त्यसअघि उनको निजी सचिवालयले वक्तव्य जारी गर्दै ताइवानको पछिल्लो घटनाक्रमबारे बोलेको हो ।
प्रचण्डको सचिवालयले भनेको छ, ‘हाम्रो देश नेपाल र हाम्रो पार्टी एक चीन नीतिप्रति प्रष्ट छ । चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ ।’
चीनको विरोधकाबीच अमेरिकी सभामुख न्यान्सी पोलिसीले ताइवानको भ्रमण गरेकी छिन् । त्यसपछि चीनले ताइवानलाई लक्षित गरी मिसाइल परिक्षण गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।