शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

चितवन ३ मा माओवादीको जम्मा १० हजार मत, अनि कसरी प्रचण्डले चुनाव जित्छन् ?

चितवन ३ मा माओवादीको जम्मा १० हजार मत, अनि कसरी प्रचण्डले चुनाव जित्छन् ?

  • मिडिया डबली
  • आइतवार, श्रावण १५ २०७९

  • 10.6K
    SHARES

  • चितवन ३ मा माओवादीको जम्मा १० हजार मत, अनि कसरी प्रचण्डले चुनाव जित्छन् ?

    काठमाडौं - केही दिनयता नेपालका शीर्ष नेताहरूमध्ये क–कसले चुनाव जित्छन् ? क–कसले हार्छन् ? भन्ने लेखाजोखा सुरु भएको छ ।

    हालै सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामलाई लिएर आंकलन गर्न थालिएको हो । यसक्रममा सबैभन्दा बढी चासो कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विषयमा भएको छ । तीनैजना को सुरक्षित र को असुरक्षित छन् भन्ने विषयमा सबैको चासो देखिएको छ ।

    स्थानीय तहको निर्वाचनको मत परिणाम विश्लेषण गर्दा देउवाबाहेक ओली र प्रचण्ड असुरक्षित देखिएका छन् । उनीहरू आफ्नै निर्वाचन क्षेत्रमा अल्पमतमा परेका छन् । एक्लाएक्लै दलहरू चुनावमा गए ओली र प्रचण्ड पराजित हुने देखिन्छ ।

    दलहरूले स्थानीय तहको निर्वाचनमा पाएको वडाध्यक्षको मतका आधारमा ती निर्वाचन क्षेत्रको मतको विश्लेषण गर्दा यस्तो देखिएको हो । प्रचण्डले २०७४ सालमा एमालेको समर्थनमा ९३३८ मतान्तरले जितेका थिए ।

    उनले कांग्रेसको समर्थन पाएका राप्रपाका विक्रम पाण्डेलाई पराजित गरेका थिए । प्रचण्डले ४८२७६ मत ल्याएका थिए । पराजित पाण्डेले ३८९३५ मत ल्याएका थिए ।

    तर स्थानीय तहको यसपटकका निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा प्रतिनिधिसभाको यो क्षेत्रमा माओवादी एक्लै तेस्रोमा देखिएको छ । माओवादीले १०९४० मत पाएको छ । पहिलो स्थानमा रहेको एमालेले २९७७१ र कांग्रेसले २९३४३ मत ल्याएका छन् ।

    माओवादी निक्कै पछाडि हुँदा एक्लाएक्लै चुनाव लडे प्रचण्ड हार्ने निश्चित देखिएको छ । मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस देखिएका हुन् । यसैले आफ्नो पुरानो क्षेत्रमा चुनाव जित्न प्रचण्डलाई कांग्रेस वा एमालेको सहारा अनिवार्य भएको छ ।

    सोही कारण प्रचण्डले गठबन्धन र समाजवादी केन्द्र निर्माणलाई अगाडि सारेका हुन् । यी दुई दलको सहाराविना चुनाव लड्दा प्रचण्डको हार निश्चित देखिएको हो । अघिल्लोपटक पनि एक्लै चुनाव लड्दा पराजित हुने भएर माओवादीले एमालेसँग चुनावी तालमेल गरेको थियो ।

    यसपटकको स्थानीय तहको निर्वाचनपछि माओवादी कांग्रेससहितको सत्ता गठबन्धनसँग चुनावी तालमेलको तयारीमा छ । तालमेल गर्न नसक्दा प्रचण्डको हार निश्चित छ ।

    यसैले उनका लागि तालमेल अनिवार्य देखिएको हो । स्थानीय तहको निर्वाचनमा चितवन ३ मा राप्रपाले ६१९८, एकीकृत समाजवादीले ५०३७ मत प्राप्त गरेको थियो ।

    माओवादी, राप्रपा र एसको मत जोड्दा पनि कांग्रेस र एमालेलाई भेट्याउन सक्ने देखिएको छैन । प्रचण्डले आफ्नो जोखिम बुझेरै कांग्रेससँग चुनावी तालमेल गर्ने नीति लिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend