शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रचण्ड–माधव रणनीतिः सके वाम गठबन्धन गर्ने, नसके मात्र कांग्रेससँग तालमेल गर्ने

प्रचण्ड–माधव रणनीतिः सके वाम गठबन्धन गर्ने, नसके मात्र कांग्रेससँग तालमेल गर्ने

  • मिडिया डबली
  • मंगलवार, श्रावण १० २०७९

  • 4.3K
    SHARES

  • प्रचण्ड–माधव रणनीतिः सके वाम गठबन्धन गर्ने, नसके मात्र कांग्रेससँग तालमेल गर्ने

    काठमाडौं - आगामी संघ र प्रदेशको निर्वाचनमा सत्तारूढ दलहरूबीच तालमेल हुने नहुने विषय टुंगिन नसक्दा आजसम्म पनि चुनावको मिति घोषणा गर्न सकिएको छैन ।

    जबकि कुनै पनि निर्वाचन गराउन निर्वाचन आयोगलाई एक सय २० दिनको समय आवश्यक पर्छ । तर, विस्तारै समय घर्किँदैछ । संसदीय गणितलाई समेत विचार गर्दै सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलहरू आ–आफ्ना रणनीति बनाउन व्यस्त छन् ।

    नेपाली कांग्रेस गठबन्धन गरेर सकेसम्म बहुमत ल्याउने नत्र पहिलो पार्टी बनेर आउँदो पाँच वर्षको सत्तामा बस्न चाहन्छ । कांग्रेसमा पनि गठबन्धन गर्न हुने र नहुने गरी दुईथरी मत छ ।

    खासगरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वार्थका कारण कांग्रेसलाई चुनावमा घात हुने संकेत देखिँदैछ ।

    यो मोर्चामा वामदेव गौैतम र बाबुराम भट्टराई पनि थपिने भएका छन् । उनीहरू समाजवादी केन्द्रको नाममा मोर्चा बनाएर कांग्रेसलाई तह लगाउने रणनीतिमा लागेका छन् । कांग्रेस र एमालेलाई एउटै-एउटै आकारमा ल्याएर सरकार बनाउन आफ्नो निर्णायक र अपरिहार्य भूमिका हुने स्थिति बनाउनेमा माओवादी केन्द्रित छ ।

    मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुने भएकाले दुवै दल मिलेर सरकार बनाउने सम्भावना नगण्य जस्तै हुन्छ । त्यसैले नयाँ सरकार निर्माणका लागि एमाले र कांग्रेससँग तालमेल गरी आफ्नो निर्णायक भूमिका बनाउने माओवादीको चाहना छ ।

    अर्कोतिर वाम गठबन्धनको चर्चा चले पनि प्रमुख शक्ति एमालेसँगको दूरी अपेक्षित ढंगले घट्न सकेको छैन । त्यसैले आगामी दिनमा के-कस्तो समीकरण बन्ने हो कुनै निश्चित हुन सकेको छैन । सबै दलहरू एक(अर्कालाई पर्ख र हेरको रणनीतिमा छन् ।

    एमाले अहिलेको गठबन्धन जसरी पनि टुटाउने रणनीतिमा लागेको छ । त्यसका लागि उसले हरेक हथकण्डा अपनाइरहेको छ । यसमा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सकुनीको भूमिका खेलिरहेका छन् ।

    उनले चुनावका लागि आफूहरूको पहिलो प्राथमिकता वाम गठबन्धन भएको बताएका छन् । ‘हामी वामपन्थी र समाजवादीहरूलाई एक ठाउँमा ल्याउने क्रममा छौँ ।

    कार्यगत एकता हुन्छ कि मोर्चा बन्छ कि,’ आइतबार संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै खनालले भने, ‘विभिन्न कोणबाट छलफल भइरहेका छन् । हामी टुंगोमा पुगिसकेका छैनौँ ।’

    उनले वाम गठबन्धन नहुँदा मात्रै नेपाली कांग्रेससँग गठबन्धन गरिने बताए । वाम गठबन्धनका लागि एमालेसँग पनि कुरा भइरहेको खनालको भनाइ छ । माओवादी केन्द्रका नेता वर्षमान पुनले मंसिरमा हुने संसदीय निर्वाचनमा देशभरि समाजवादी मोर्चाका उम्मेदवार हुने बताएका छन् ।

    आइतबार दिउँसो बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै पुनले समाजवादी केन्द्र बनाउने विषयमा सैद्धान्तिक सहमति भइसकेको बताए । ‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ,’ पुनले भने, ‘चुनावमा हामी मोर्चा बनाएरै जान्छौँ ।

    १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिने हाम्रो तयारी छ । कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्छ ।’ अहिले मोर्चा बने पनि कसैसँग चुनावअघि पार्टी एकता हुने सम्भावना भने नरहेको उनले बताए । समाजवादी मोर्चा बनेपछि देशमा मुख्य दुई राजनीतिक शक्ति हुने पुनको दाबी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend