बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

गगनले देउवाको फोन नउठाएको खुलासा, बैठकमै खुल्यो पोल! 

गगनले देउवाको फोन नउठाएको खुलासा, बैठकमै खुल्यो पोल! 

  • मिडिया डबली
  • शनिवार, आषाढ ३२ २०७९

  • 6.5K
    SHARES

  • गगनले देउवाको फोन नउठाएको खुलासा, बैठकमै खुल्यो पोल! 

    काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्रीले फोन नउठाएको भन्दै हैरानी व्यक्त गरेका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोलिरहेका महामन्त्री गगन थापालाई रोक्दै उनले यस्तो बताएका हुन्। 

    गगन थापाले सरकारले केही राम्रा काम गरेपनि थुप्रै नराम्रा काममा पनि हात हालेको भन्दै सरकार र प्रधानमन्त्री देउवाको आलोचना गर्न थालेपछि देउवाले उनलाई रोक्दै फोन उठाउन आग्रह गरेका हुन्। 

    ‘महामन्त्रीज्यू कहिलेकाहीँ फोन उठाउने गर्नुस् न है,’ गगनले बोलिरहँदा सभापति शेरबहादुर देउवाले भनेका थिए। 

    महामन्त्री गगनकुमार थापाले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा पार्टी बिगार्न गुटको भेलामा नगएको  दाबी गरेका थिए। ‘पार्टी बिगार्न गएका गुटको भेलामा गएका होइनौं। मैले पुरानो फोटो पनि हेरें बूढानीलकण्ठ, चाक्सीबारी, बोहराटार को जान्थे भनेर। पहिलेदेखि सबै जाने अनि हामी गएकोमा किन विरोध?’ उनले भनेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend