बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

आलोचकलाई गगनले दिए यस्तो दनक, विरोधीहरु भए लाजले निलोकालो! 

आलोचकलाई गगनले दिए यस्तो दनक, विरोधीहरु भए लाजले निलोकालो! 

  • मिडिया डबली
  • शनिवार, आषाढ ३२ २०७९

  • 9.3K
    SHARES

  • आलोचकलाई गगनले दिए यस्तो दनक, विरोधीहरु भए लाजले निलोकालो! 

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा पार्टी बिगार्न गुटको भेलामा नभएको बताएका छन्।

    पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा थापाले पहिलेदेखि जो गुटको भेलामा गएका थिए, उनीहरूले नै त्यसको विरोध गरेको बताए। 

    उनले भने, ‘पार्टी बिगार्न गएका गुटको भेलामा गएका होइनौं। मैले पुरानो फोटो पनि हेरें बूढानीलकण्ठ, चाक्सीबारी, बोहराटार को जान्थे भनेर। पहिलेदेखि सबै जाने अनि हामी गएकोमा किन विरोध?’

    महाधिवेशन भएको ६ महिनामा पनि विभाग गठन नभएको प्रश्न गर्दै महामन्त्री थापाले अब पनि गठन भएन भने राम्रो सन्देश नजाने बताए। विधान अधिवेशन पनि चाँडै गर्न उनले माग गरे।

    महामन्त्री थापाले सभापति शेरबहादुर देउवाले समयमा आफ्नो भूमिका निभाउन नसक्दा आफूहरूमाथि दोष आउन थालेको पनि गुनासो गरे। ‘महाधिवेशनमा उहाँ पनि निर्वाचित भएर आएको हो, हामी महामन्त्रीहरू पनि निर्वाचित भएर आएका हौँ। महाधिवेशनपछि हामीले उहाँलाई असहयोग गर्ने कुरा होइन, सहयोग गर्न खोजेकै थियौँ। तर हामीले सल्लाह र परामर्श दिँदादिँदै पनि सभापतिले विधानले दिएकै कामहरू समयमा गर्न सक्नुभएन। त्यसको दोष हामीहरूमाथि आउन थालेको छ,’ उनले भने।

    महामन्त्री थापाले सभापति बलियो भएमात्रै पार्टी बलियो हुने भन्दै आफूले पनि सभापतिलाई बलियो बनाउन चाहेको बताए। उनले भने, ‘हाम्रो पार्टी कस्तो बनाउने र कसरी चलाउने भन्ने कुरामा महामन्त्रीको भूमिका के हुन्छ, सभापतिको भूमिका के हुन्छ भन्ने कुरा विधानले प्रष्ट बोलेको छ। सभापतिलाई सहयोग गरेर पार्टीलाई बलियो बनाउन हामी कस्सिएरै लाग्यौँ, तर सभापतिले हामीलाई सामान्य सरसल्लाह समेत नगरी निर्णय गर्ने अभ्यास गरिरहनुभएको छ।’

    महामन्त्री थापाले नेपाल किसान संघ र आदिवासी जनजाति महासंघको अध्यक्ष नियुक्त भइसकेपछि मात्रै आफूले थाहा पाएको दृष्टान्त सुनाए। महामन्त्री थापाले पार्टीमा अहिलेसम्म विधानबमोजिम हुन नसकेका कामहरूको फेहरिस्त प्रस्तुत गर्दै ती काममा आफूले सहयोग गर्न चाहँदा पनि सभापतिले अग्रसरता देखाएर गर्न नचाहेको आरोप लगाए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend