बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

दुई भ्रातृसंगठन गठन गर्दा कांग्रेसका दुई महामन्त्रीलाई बाइपास, यस्तोसम्म गरियो

दुई भ्रातृसंगठन गठन गर्दा कांग्रेसका दुई महामन्त्रीलाई बाइपास, यस्तोसम्म गरियो

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २४ २०७९

  • 9.3K
    SHARES

  • दुई भ्रातृसंगठन गठन गर्दा कांग्रेसका दुई महामन्त्रीलाई बाइपास, यस्तोसम्म गरियो

    काठमाडौं - महाधिवेशन सकिएको आठ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकल निर्णयमा चल्न थालेका छन् ।

    पार्टी पदाधिकारीमा युवाहरूको बहुमत भए पनि उनले कसैलाई पनि नसोधी निर्णय गरेको पाइएको छ । केही समयअघि देउवाले नेपाल किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष मनोनीत गरे ।

    किसान संघमा गणेशप्रसाद तिमल्सिना र भूतपूर्व सैनिक संघमा ओमबहादुर पुनलाई अध्यक्ष बनाइयो । तर यस्तो महत्वपूर्ण निर्णय गर्दा सभापति देउवाले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई एकपटक पनि नसोधेको बुझिएको छ ।

    कांग्रेस उच्च स्रोतका अनुसार देउवाले उपसभापति धनराज गुरुङलाई भने फोन गरेका थिए । उनले पार्टीको नीति तथा प्रशिक्षण विभाग प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई मनोनीत गर्न लागिएको जानकारी गराएका थिए ।

    ‘नीति तथा प्रशिक्षण विभागमा तिमीभन्दा वरिष्ठ उपसभापति पूर्णबहादुर खड्कालाई राख्दा के हुन्छ ?’ देउवाले सोधेपछि गुरुङले भने, ‘भइहाल्छ नि ।’ त्यसपछि देउवाले सँगसँगै नेपाल किसान सघ र आदिवासी जनजाति संघको अध्यक्ष पनि मनोनीत गरे ।

    तिमल्सिाना पहिलेदेखि नै देउवा निकट हुन् । पुन भने उपसभापति खड्का निकट नेता हुन् । देउवाले आफूले निर्णय गरिसकेपछि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई महामन्त्री थापालाई फोन गरेर जानकारी दिन निर्देशन दिए ।

    सोहीअनुसार पौडेलले महामन्त्री थापालाई फोनबाट जानकारी दिए र विज्ञप्ति जारी गरे । तर, अर्का महामन्त्री शर्मालाई भने एकपटक पनि सोधिएन । न त जानकारी नै दिइयो ।

    पार्टी सभापति देउवाले निर्णय गर्दा परामर्श नगरेपछि शर्मा एक साताका लागि अमेरिका भ्रमणमा गएका छन् । यही विषयलाई लिएर डा.शेखर कोइराला पक्षले हालै दुई दिने भेला आयोजना गरेको थियो । जसमा पार्टी सभापति देउवा स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्ष निकालिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend