शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसलाई दबाबमा राख्न प्रचण्डले फेरि राखे प्रधानमन्त्री बन्ने इच्छा, तर हुँदैन सपना पुरा! 

कांग्रेसलाई दबाबमा राख्न प्रचण्डले फेरि राखे प्रधानमन्त्री बन्ने इच्छा, तर हुँदैन सपना पुरा! 

  • मिडिया डबली
  • आइतवार, आषाढ १२ २०७९

  • 4.7K
    SHARES

  • कांग्रेसलाई दबाबमा राख्न प्रचण्डले फेरि राखे प्रधानमन्त्री बन्ने इच्छा, तर हुँदैन सपना पुरा! 

    काठमाडौं । हुन त राजनीति भनेको सत्ता र शक्तिमा पुग्नकै लागि गरिन्छ । सबैभन्दा अनुमान गर्न कठिन भनेको राजनीतिक भविष्य नै हो । कहिले कसैले नसोचेको घटना राजनीतिमा भइदिन्छ ।

    १० वर्ष सशस्त्र द्वन्द्वमार्फत १७ हजार नेपाली नागरिकले ज्यान गुमाउनुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठूलो हात छ । सोही द्वन्द्वका कारण नेपाल आज पनि अल्पविकसित देशभन्दा माथि उक्लन सकेको छैन । जंगलमा रहेको माओवादीलाई तत्कालीन प्रधानमन्त्री एवं काग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले एमालेको हैसियतमा ल्याइदिए । कोइरालाले गरेको त्यही गल्तीको परिणाम अहिले नेपाल र नेपालीले भोग्दैछन् ।

    जब माओवादी संसदीय राजनीतिमा आयो, त्यसपछि नेपालको राजनीतिमा एक अस्थिर राजनीतिक चरित्र बोकेका नेता पुष्पकमल दाहाल प्रचण्डको उदय भयो । १७ वर्ष बितिसक्दा पनि सत्ताको केन्द्रविन्दुमा उनी नै छन् । प्रचण्ड दुई दुईपटक देशको प्रधानमन्त्रीसमेत बनिसके । तर, आफ्नो प्रधानमन्त्रीत्वकालमा प्रचण्डले उल्लेख्य केही गर्न सकेनन् । बरु राजनीतिक नियुक्तिदेखि देशका प्रमुख अंगमा माओवादी नेता कार्यकर्ताको भर्ती भयो ।

    स्थानीय तहको निर्वाचनको परिणामले माओवादी तेस्रो राजनीतिक शक्तिमा स्थापित भएको छ । कांग्रेसको बुई नै चढेर सही माओवादीले आफूलाई बलियो शक्ति बनाएको छ । त्यही शक्तिको आडमा अहिले प्रचण्ड आफूलाई फेरि प्रधानमन्त्री बन्ने इच्छा भएको बताउन थालेका छन् । कांग्रेसकै बलमा शक्ति प्राप्त गर्ने र कांग्रेसलाई नै दबाबमा राख्न प्रचण्डले प्रधानमन्त्री बन्ने इच्छा राखेको जोकसैले पनि नबुझेका होइनन् । प्रचण्डले प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गर्नु र माओवादीका नेता वर्षमान पुनले कांग्रेसले चतुर्याइँ देखाए गठबन्धन तोड्ने धम्की दिनुलाई अर्थपूर्ण मानिएको छ ।

    केही दिनयता प्रचण्डको बाक्लो भेटघाट चिनियाँ नेताहरूसँग हुन थालेको छ । हालै उनले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओसँग भिडियो संवाद गरेका छन् । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अघि नबढाउने निर्णय गर्नु र लगत्तै चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको संवाद हुनुले नेपालमा फेरि पनि चीनले चलखेल गर्न थालेको संकेत गरेको छ । 

    स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एक ठाउँमा ल्याएर निर्वाचनअघि नै सत्तारुढ गठबन्धन तोड्ने चिनियाँ खेल सुरु भइसकेको छ । आगामी निर्वाचनपछि सुरुमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने र त्यसपछि ओलीलाई प्रधानमन्त्री बनाउने सर्तमा एमाले र माओवादीबीच तालमेलको सम्भावनाबारे सहमतिको प्रयास भइरहेको छ ।

    जबकि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीको दौडमा सामेल हुने सार्वजनिक गरिसकेका छन् । यसकारण पनि प्रचण्डले प्रधानमन्त्रीको कार्ड अघि सारेको स्पष्ट छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend