शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

स्थानीय निर्वाचनपछि प्रचण्डमा अहंकार बढ्यो, सुनाए षड्यन्त्रको गन्ध

स्थानीय निर्वाचनपछि प्रचण्डमा अहंकार बढ्यो, सुनाए षड्यन्त्रको गन्ध

  • मिडिया डबली
  • आइतवार, जेठ २९ २०७९

  • 4.9K
    SHARES

  • स्थानीय निर्वाचनपछि प्रचण्डमा अहंकार बढ्यो, सुनाए षड्यन्त्रको गन्ध

    काठमाडौं - स्थानीय तहको निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा अहंकार र दम्भ बढ्न थालेको छ ।

    केही दिनयता पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने नाममा गरिएका प्रदेशस्तरीय भेलामा उनले कांग्रेस र एमाले अध्यक्ष केपी ओलीको मानमर्दन गर्ने गरी बोल्न थालेका छन् ।

    कहिले उनी सत्ताको चाबी माओवादीको हातमा रहेको भन्छन् त कहिले कांग्रेसलाई साइजमा ल्याउँछौं भन्दै कुर्लने गरेका छन् । जबकि हालै सम्पन्न स्थानीय निर्वाचनमा गठबन्धनकै भरमा माओवादीले ५० प्रतिशतभन्दा बढी पालिका जितेको थियो ।

    यदि एक्लै लडेको भए माओवादीले ५० स्थानीय तह पनि जित्न सक्ने अवस्था थिएन । तर, उनी अहिले गठबन्धन सफल नभएको भन्दै कांग्रेसमाथि दोष थोपरिरहेका छन् ।

    आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव जित्ने ग्यारेन्टी नभएका प्रचण्ड कांग्रेसलाई घुर्की लगाउँदै पोजिसन क्लियर गर्न चाहन्छन्।

    यदि कांग्रेस र एमालेसँग तालमेल नहुने हो भने माओवादीको साइज कत्रो हुन्थ्यो, सबैले देखे बुझेकै हो । तर, पनि उनी अहिले कांग्रेसलाई साइजमा ल्याउने बताउँदै हिँड्न थालेका छन् ।

    शनिबार पोखरामा आयोजित गण्डकीस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले अब कांग्रेसलाई साइजमा राख्ने बताए स्थानीय तहको निर्वाचनमा कांग्रेसले धेरै दम्भ र अहंकार देखाएकाले आउँदो संघीय र प्रदेश सभाको निर्वाचनमा कांग्रेसलाई साइजमा राख्ने गरी छलफल भइरहेको उनको भनाइ छ ।

    स्थानीय तहको निर्वाचनको जितले कांग्रेसमा अहंकार बढ्ने खतरा रहेकाले उसलाई साइजमा राख्ने गरी गठबन्धनमा रहेका अन्य चार दलका बीचमा छलफल भइरहेको भनाइ उनको थियो ।

    प्रचण्डले के बुझेका छैनन् भने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र एमाले मिलेर उम्मेदवारी दिए भने माओवादीकै साइज कत्रो हुन्छ भन्ने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend