काठमाडौं - स्थानीय तहको निर्वाचन सकिएलगत्तै माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएको बताएका थिए ।
तर त्यो अफर कसले गरेको हो भन्ने खुलाएका थिएनन् । धेरैले स्थानीय तह निर्वाचनमा नसोचेको पराजय बेहोरेको एमाले अध्यक्ष केपी ओलीले प्रचण्ड र माधवलाई प्रधानमन्त्रीको अफर गरेको अनुमान गरेका थिए ।
तर, एमाले अध्यक्ष ओलीले आफूले कसैलाई प्रधानमन्त्री बनाउने आश्वासन नदिएको बताएका छन् । विराटनगरमा शुक्रबार पत्रकारसँगको कुराकानीमा उनले आफूले कसैलाई पनि प्रधानमन्त्री बनाउने आश्वासन नदिएको बताएका हुन् ।
ओलीको यो स्पष्टीकरणसँगै प्रचण्ड र माधव नांगिएका छन् । उनीहरूले नेपाली कांग्रेसलाई घुर्की र धम्क्याएर आगामी निर्वाचनमा सिटको बार्गेनिङ गर्न खोजेको पुष्टि भएको छ । स्थानीय निर्वाचनपछि एमाले र माओवादी मिल्ने धेरैको अनुमान थियो ।
तर, ओलीले त्यसको पनि खण्डन गरेका छन् । उनले एमाले छाडेर गएकाहरूलाई पार्टीमा स्वागत गर्ने चलन नरहेको स्पष्ट पारे । तर, कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नभए पनि स्वागत गर्न चलन भने नभएको बताएका हुन् ।
‘कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं । पार्टी छाडेर गएकाहरू पार्टी प्रवेश गर्न सक्नु हुन्छ तर स्वागत गर्ने चलन छैन,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।