शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्डले आमनिर्वाचनअघि कसैलाई पदाधिकारी नबनाउने, ओलीपथमा हिँडेको आरोप

प्रचण्डले आमनिर्वाचनअघि कसैलाई पदाधिकारी नबनाउने, ओलीपथमा हिँडेको आरोप

  • मिडिया डबली
  • शुक्रवार, जेठ २७ २०७९

  • 3.7K
    SHARES

  • प्रचण्डले आमनिर्वाचनअघि कसैलाई पदाधिकारी नबनाउने, ओलीपथमा हिँडेको आरोप

    काठमाडौं - माओवादी केन्द्रको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षसहित दुई सय ९९ सदस्यीय केन्द्रीय समिति रहने उल्लेख छ ।

    तर पुस ११–१८ मा भएको महाधिवेशनमा अध्यक्ष र अपुरो केन्द्रीय कमिटी चयन गरेर सकिएको थियो । माओवादी केन्द्रले आठौं महाधिवेशन सकेको पाँच महिना बित्दा पनि अध्यक्षबाहेकका पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन गर्न सकेको छैन ।

    स्थानीय तह निर्वाचनको तयारी गर्ने भन्दै पदाधिकारी चयन स्थगन गरेको माओवादीले चुनाव सकिएपछि पनि संगठनलाई पूर्णता दिने एजेन्डालाई प्राथमिकता दिएको छैन । गत फागुन २३ मा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्न नसकेपछि जेठ २० सम्म स्थगन गरिएको थियो ।

    तर केन्द्रीय समितिले पूर्णता नपाएको भन्दै उक्त बैठक पनि स्थगन गरिएको छ । अर्को बैठक असार १५ का लागि बोलाइएको छ । दलका प्रमुख नेताहरू भने प्रदेश र संघीय निर्वाचनको समीकरण निर्माणमा केन्द्रित हुन थालेका छन् ।

    माओवादीको मुख्य ध्यान संघ र प्रदेशको संसदीय चुनावसम्म पाँचदलीय सत्ता गठबन्धनलाई टिकाइराख्नेमा मात्र केन्द्रित देखिएको छ । सोही कारण यतिबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसलाई घुर्काउँदै बार्गेनिङ गर्ने अभियानमा केन्द्रित भएका छन् ।

    माओवादी केन्द्रमा अहिले दुई सय ४७ सदस्यीय केन्द्रीय समिति छ । पदाधिकारीमा आकांक्षी धेरै रहेकाले मिलाउन सकस छ । त्यसमा पनि माओवादीमा महासचिव चयन बढी पेचिलो देखिएको छ ।

    महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको दाबी छ । प्रचण्ड आमनिर्वाचनअघि पदाधिकारी चयन र केन्द्रीय सदस्य मनोनयनको उल्झनमा लाग्न नचाहेको देखिन्छ । माओवादीमा भने प्रचण्ड पनि एमाले अध्यक्ष केपी ओलीपथमा लागेको भन्दै असन्तुष्टि सुरु भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ओली देशभर एक्लै चुनावी सभामा हिँडेका थिए ।

    तर, चुनावमा पराजित भए । उनले पार्टीका पदाधिकारीलाई परिचालित गर्ने इच्छा देखाएनन् । तर, प्रचण्ड भने पदाधिकारीविनै चुनावमा जान खोजिरहेको भन्दै असन्तुष्टि सुरु भएको छ । त्यसैको कारण हो अहिले माओवादी केन्द्रमा पुराना मन्त्री फेरेर नयाँ नियुक्ति गर्नुपर्ने चर्चा ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend