काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीकै नेताबाट एमाले जोगाउन मुस्किल परेको बताएका छन्। उनले जनताले पार्टीलाई माया गरे पनि एमालेकै नेताहरूबाट जोगाउन मुश्किल भएको टिप्पणी गरेका हुन् ।
जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुवैले हार्ने स्थिति बन्यो। नेताहरूबीच मेल भएन, टिम स्प्रिट भएन। यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ।’
उनले जनताले भने एमालेलाई माया गरेको दावी गरेका छन्। स्थानीय तहको निर्वाचनमा लोकप्रिय पहिलो मत दिएको उल्लेख गरेका छन्। ‘हामी जनताप्रति आभारी छौं। तर, समस्या हामीभित्रै देखिएको छ,’ उनले भने।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।