आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसलाई तथानाम भन्ने प्रचण्डलाई रामहरीले दिए मुखभरीको जवाफ, खुमलटारमा खैलाबैला !

कांग्रेसलाई तथानाम भन्ने प्रचण्डलाई रामहरीले दिए मुखभरीको जवाफ, खुमलटारमा खैलाबैला !

  • मिडिया डबली
  • बिहिवार, जेठ १९ २०७९

  • 19.4K
    SHARES

  • कांग्रेसलाई तथानाम भन्ने प्रचण्डलाई रामहरीले दिए मुखभरीको जवाफ, खुमलटारमा खैलाबैला !

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कांग्रेसविरुद्धको अभिव्यक्तिको आलोचना गरेका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै खतिवडाले कांग्रेसको पत्तासाफ गर्नेहरू आफै साफ भएर जाने बताए ।
    ‘केही नेताहरूका कुरा हामीले सुनेका छौँ’, उनले भने, ‘चुनाव जितेपछि केही नेताहरू कांग्रेसको पनि पत्तासाफ गर्छौं भनेर भाषण गरेका सुनेका छौँ ।’

    उनले भने, ‘हामीले पत्तासाफ गर्नुप¥यो भने राणा, राजा गरेका छौँ । त्यसपछि क–कसको पत्तासाफ हुन्छ हेर्दै जान्छौँ ।’

    बुधबार प्रचण्डले कांग्रेसभित्र जितको अहँकार भएको भन्दै कांग्रेस नसुध्रिए एमालेकै हालत बनाइदिने चेतावनी दिएका थिए । प्रचण्डको सो अभिव्यक्तिको खतिवडाले जवाफ दिएका हुन् । ‘हामी एकता मेलमिलाप र सहकार्यको राजनीति गर्न चाहन्छौँ’, कांग्रेस नेता खवितडाले भने, ‘त्यही सहकार्य र मेलमिलापको राजनीतिले केही साथीहरू सत्तामा पुग्नुभएको छ ।’

    नेता खतिवडाले भने, ‘कांग्रेसका सबै नेताहरू संयमतापूर्वक प्रस्तुत हुनुभएको छ । हामी यो गठबन्धनलाई चुनावसम्म मात्रै होइन लामो समयसम्म लिएर जान चाहन्छौँ ।’

    केन्द्रमा शीर्ष नेताहरूले अगामी निर्वाचनमा पनि गठबन्धन गरेर जाने भनेर अभिव्यक्ति दिने गरेको बताएका उनले निर्वाचनमात्र नभई लामो समयसम्म गठबन्धन हुनुपर्ने बताए । केन्द्रमा शीर्ष नेताहरूले अगामी निर्वाचनमा पनि गठबन्धन गरेर जाने भनेर अभिव्यक्ति दिने गरेको बताएका उनले निर्वाचनमात्र नभई लामो समयसम्म गठबन्धन हुनुपर्ने बताए ।

    ओखलढुंगामा कांग्रेसले विगतमा पनि जिल्ला समन्वय समिति बनाएको बताएका खतिवडाले भने, ‘अहिले पनि जिल्ला समन्वय समिति गठन गर्न सफल भएका छौँ ।’ ओखलढुंगामा कांग्रेस ६ हजार मतले अगाडि रहेको बताएका छन् । उनले प्रतिनिधि सभाको आगामी निर्वाचनमा कांग्रेस १० हजार मतले जित्नुपर्ने बताएका छन् ।

    ‘यस पटक सबै साथीहरू गुटको आधारमा प्रस्तुत हुनु भएन । त्यसको परिणाम हामीले जितेका छौँ’, उनले भने, ‘सबैभन्दा ठूलो जित एकता रहेछ । गुट र उप–गुट नहेरे टिकट बाँडेका कारण ७५ मध्ये ४५ वटा वडामा जितेका छौँ । अझै मेहनत गरेको भए ७० वटा वडा जित्ने रहे छौँ ।’

    उनले ओखलढुंगामा गठबन्धनमा कांग्रेसले इमान्दारिता देखाएको बताएका छन् । कार्यक्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ, नेता रुद्र अधिकारी, कुमार लिङदेन, उमा पौडेल, गंगा कार्की, टेकराज भट्टराई, खिलनाथ दाहाल लगायतको उपस्थिति रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend