आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीको पछि लाग्दा कमल थापाको राजनीतिक हाइट ‘वाम पुड्के’

ओलीको पछि लाग्दा कमल थापाको राजनीतिक हाइट ‘वाम पुड्के’

  • मिडिया डबली
  • बुधवार, जेठ १८ २०७९

  • 3.9K
    SHARES

  • ओलीको पछि लाग्दा कमल थापाको राजनीतिक हाइट ‘वाम पुड्के’

    काठमाडौं - गत कात्तिकमा राप्रपाको महाधिवेशन हुँदै गर्दा कमल थापाको जगजगी थियो । पार्टीमा उनी निर्विकल्प जस्ता देखिन्थे । आफूभन्दा सिनियिर नेता पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीलाई उनले अघि बढ्न दिएका थिएनन् ।

    पार्टीका अधिकांश नेता उनी पक्षकै थिए । पदाधिकारीमा उनकै बहुमत थियो । तर, जब राजेन्द्र लिङ्देनले अध्यक्षमा उठ्ने घोषणा गरे, तब कमल थापा निराश बने । आफूभन्दा जुनियर नेताले नेतृत्वमा चुनौती दिएपछि उनी आक्रोशित बने ।

    लिङ्देनलाई पार्टीका सिनियर नेतादेखि युवाहरूले जुरुक्कै बोकेपछि थापा एक्लिँदै गए । महाधिवेशनमा लिङ्देनले थापालाई अध्यक्षमा पराजित गरे । एक्कासि पार्टीको नेतृत्व गुम्दा थापाले होसहवास गुमाए । कतिसम्म भने थापाले लिङ्देनलाई बधाईसमेत दिएनन् ।

    बरु उनी राप्रपाको पार्टी कार्यालय नटेक्दै सो पार्टीबाट अलग भए । आफू अध्यक्षमा पराजित भएको दोष जति पूर्वराजा ज्ञानेन्द्र शाहमाथि थोपरेर राप्रपा सिध्याउने बाटोमा लागे ।

    आजीवन पार्टीको अध्यक्ष बनिरहने सोच बोकेका थापाले राप्रपा नेपाल ब्यूँताउन लगाएर सो पार्टीको अध्यक्ष बने । आफू निकट केही केन्द्रीय सदस्य राप्रपाबाट अलग गराए । तर, स्थानीय तहको निर्वाचनमा जब थापाले एमालेको चुनाव चिन्हबाट लड्ने भनेर एमालेमा पार्टी विलय गराए बचेखुचेको राजनीतिक उचाइ पनि स्वाठै घटाएका छन् ।

    थापा र एमाले अध्यक्ष केपी ओलीबीच निकै हार्दिक सम्बन्ध छ । सोही सम्बन्धका कारण थापाले राप्रपा नेपाल एमालेमा विलय गराउने अभियान अघि बढाएका छन् ।

    मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा एमाले र कमल थापाको वर्चश्व रहेको मानिन्छ । तर, यसपटकको स्थानीय निर्वाचनमा राप्रपाका दीपकबहादुर सिंहले झन्डै एमालेको हाराहारीमा मत ल्याए ।

    यसबाट पनि थापा गृहजिल्लामै नराम्रोसँग पराजित हुन पुगेका छन् । किनकि स्थानीय निर्वाचनमा एमाले र राप्रपा नेपालले सहकार्य गरेका थिए । बरु राजेन्द्र लिङ्देनले आफ्नो राजनीतिक हाइट बढाउँदै लगेका छन् ।

    देशभर ६० भन्दा बढी वडामा राप्रपाले जितेको छ । काठमाडौं जिल्लामै स्थानीय तह जितेको छ । अबको आमनिर्वाचनमा राप्रपाले तीन–चारवटा प्रतिनिधिसभा सदस्य प्रत्यक्षबाट र करिब १० जना समानुपातिकबाट जित्ने अनुमान गरिएको छ ।

    राप्रपाको यही शक्ति बढेको देखेर कमल थापा छटपटीमा परेका छन् । उनी अहिले देश दौडाहामा सक्रिय बनेका छन्। स्थानीय चुनाव सकिएसँगै थापा पार्टी गतिविधिमा सक्रिय बनेका हुन्।

    बुधबार हेटौंडामा अन्तरक्रिया कार्यक्रममा उनी सहभागी हुँदैछन्। थापाले बुद्धिजीवी, नागरिक समाजका अगुवा, विभिन्न पेशा, वर्ग, क्षेत्र समुदायका ब्यक्तिहरुसँग अन्तरक्रिया गर्न लागेका हुन्।

    जनताको माझमा राप्रपा नेपाल अभियान अन्तरगत कार्यक्रम हुन लागेको र यस्तो प्रकृतिको कार्यक्रम सातै प्रदेशमा आयोजना हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उनका अनुसार यो कार्यक्रम सँगै सबै प्रदेशमा अगुवा कार्यकर्ता भेला पनि सञ्चालन गरिनेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend