गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आइतवार सार्वजनिक बिदा नदिने भएको छ । आइतवार बसेको गाउँकार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।
परिक्षणका लागी भन्दै नेपाल सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिवार र आइतवार दुई दिन बिदा दिने निर्णय गरेको छ ।
बिदा बाहेकका अन्य दिन बिहान साढे ९ देखि साँझ साढे पाँच बजेसम्म कार्यालय खुल्ने भनिएपनि बारपाक सुलिकोट गाउँपालिकाले उक्त निर्णय कार्यान्वयन नगर्ने भएको हो ।
आइतवार सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले बिदा बाहेकका अन्य दिन कार्यालय बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म खुल्ने जनाएको छ ।
शुक्रवार भने बिहान दश बजेदेखि दिउँसो तीन बजेसम्म कार्यालय खुल्ने बताइएको छ । यद्यपी नेपाल सरकारले भने सार्वजनिक बिदा बाहेकका अन्य दिन बिहान साढे ९ देखि साँझ साढे पाँचसम्म कार्यालय खुल्ने निर्णय गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।