काठमाडौं । सोमबार काठमाडौंबाट भद्रपुर उड्ने तयारी गरेको बुद्ध एयरको जहाजमा समस्या पहिचान भएपछि यात्रु ओरोलिएको छ ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार उडान नम्बर ९०१ को जहाजमा समस्या पहिचान भएपछि यात्रुलाई ओरालिएको हो ।
‘जहाज ‘ट्याक्सी वे’सम्म पुगेको थियो, समस्या पहिचान भएपछि ‘पार्किङ वे’मा फर्काइएको छ,’ स्रोतले भन्यो, ‘समस्या के थियो भन्ने खुलेको छैन । वे’मा फर्काएपछि जहाजबाट यात्रुलाई ओरालिएको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।