बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

संसदमा ओलीको सम्बोधन केवल एक रन्थनिएको बेलाको कुण्ठा मात्र रहेको गगन थापाको भनाई

संसदमा ओलीको सम्बोधन केवल एक रन्थनिएको बेलाको कुण्ठा मात्र रहेको गगन थापाको भनाई

  • मिडिया डबली
  • शनिवार, जेठ १४ २०७९

  • 3.7K
    SHARES

  • संसदमा ओलीको सम्बोधन केवल एक रन्थनिएको बेलाको कुण्ठा मात्र रहेको गगन थापाको भनाई

    काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदमा एमाले अध्यक्ष केपी ओलीले गरेको सम्बोधन रन्थनिएको बेलाको कुण्ठा भएको टिप्पणी गरेका छन् ।

    शनिवार संसद बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै थापाले ओलीले गरेको सम्बोधनमाथि यस्तो टिप्पणी गरेका हुन् ।

    एमाले अध्यक्ष ओलीले गत बिहीवार सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो विचार राख्दै संसदमा तीन घण्टा लामो सम्बोधन गरेका थिए ।

    ओलीको त्यही सम्बोधनमाथि थापाले टिप्पणी गरेका हुन् । स्थानीय तहको निर्वाचनमा एमालेले पराजय बेहोरेपछि अध्यक्ष ओली रन्थनिएको र त्यसको कुण्ठा संसदमा अभिव्यक्त भएको थापाले बताए ।

    थापाले भने, ‘नीति तथा कार्यक्रममाथिको छलफलमा शरूमै घन्टौं लामो गन्थन प्रस्तुत भएपछि साथीहरूले भन्नुभएको यसमा उठेका सबै प्रश्नको जवाफ दिनुपर्छ । तर, मैले साथीहरूलाई भनेँ प्रश्नको उत्तर हुन्छ, विचारमा टिप्पणी हुन्छ । सहमति असहमति व्यक्त हुन सक्छ । तर, कुण्ठामा त्यस्तो केही पनि हुँदैन । कुण्ठामा केबल सहानुभूति मात्रै हुन्छ । त्यसैले यो बेलामा रन्थनिएको बेलामा उठेर, बसेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेँटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ । कहाँ बोल्ने कहिले बोल्ने भन्ने बोल्नेले हेक्का राख्ने कुरा हो । हामीले केबल विचरा भन्न सक्छौँ । यति मात्रै हो ।’

    थापाले अर्थतन्त्र समस्याग्रस्त मात्र नभई सङ्कटमा फस्दै गएको पनि बताएका छन्। सरकारले तत्काल सङ्‍‍कटमा फस्दै गएको अर्थतन्त्रलाई उकास्ने गरी सम्बोधन गर्नुपर्ने उनले औँल्याए।

     उनले मुख्य कुरा भनेको अर्थतन्त्रको अवस्था समस्याग्रस्त मात्रै होइन, सङ्कटमा फस्न थालेको छ। आन्तरिक र बाह्य कारणले गर्दा जोखिम बढ्यो भने त्यो जोखिमलाई बहन गर्नुपर्छ।

    जोखिम आइसक्यो। जोखिमलाई सम्बोधन गर्न सरकारको ध्यान जानुपर्‍यो। उनले वर्षे नि व्यापार घाटा उच्च हुँदै गएको भन्दै चिन्तासमेत व्यक्त गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend