काठमाडौं । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परका छन् । बिहीबार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय घटाउने फैसला सर्वोच्च अदालतले उल्टाइदिएपछि फरार रहेका कोइरालालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनलाई काटमाडौंको बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्ययका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले जानकारी दिए ।
हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले गरेको फैसला बिहीबार सर्वोच्च अदालतले उल्टाएसँगै कोइराला फरार थिए ।
कोइरालालाई श्रीमती हत्या अभियोगमा कैद छुट दिँदै २० वर्षको जन्मकैदलाई साढे ८ वर्षमा झार्ने राणासहितको इजलासको फैसला सर्वोच्चले उल्टाएको थियो । कोइराला साढे ८ वर्ष कैद भुक्तान गरेर रिहा भएका कारण अब उनले साढे ११ वर्ष कैद भुक्तान गर्नु पर्ने छ । कोइरालाले श्रीमती गीताको काठमाडौंमा हत्या गरि पालुङ पुर्याएर जलाएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।