बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेस महामन्त्री गगन थापाले जब बलात्कार घटनाबारे संसदमा बोले सबै स्तब्ध

कांग्रेस महामन्त्री गगन थापाले जब बलात्कार घटनाबारे संसदमा बोले सबै स्तब्ध

  • मिडिया डबली
  • शुक्रवार, जेठ ६ २०७९

  • 7.1K
    SHARES

  • कांग्रेस महामन्त्री गगन थापाले जब बलात्कार घटनाबारे संसदमा बोले सबै स्तब्ध

    काठमाडौं - सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको आठ वर्ष पुरानो यौन हिंसासम्बन्धी विषयले प्रतिनिधिसभामा प्रवेश पाएको छ ।

    शुक्रबार नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले यो विषय संसद बैठकमा उठाएका छन् । उनले यो विषय सामाजिक सञ्जालमा हेरिसकेपछि आफ्नो छोरी डराएको भन्दै जसलाई अभियोग लागेको छ, उनीहरुमाथि छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया थाल्न सरकारलाई निर्देशन दिन सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराए । उनको यस्तो आग्रहपछि सभामुख सापकोटाले सरकारलाई छानविन गर्न निर्देशन दिएका छन् । 

    थापाले संसदमा यो कुरा उठाउँदा केहीबेर माहोल स्तब्ध बनेको थियो । थापाले बलात्कारसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने भन्दै तुरुन्त घटनाको छानबिन गर्न प्रहरीलाई सुझाव पनि दिए ।

    सर्वोच्च अदालतले यसअघि नै जबर्जस्ती करणी मुद्दामा हदम्याद नलाग्ने आदेश जारी गरिसकेको छ । तर प्रहरीले पीडितले किटानी जाहेरी दिएपछि मात्र अनुसन्धान अघि बढाउने भनेर पर्खेर बसेको छ ।

    आठ वर्षअघि ब्युटी पेजेन्ट कार्यक्रममा सहभागी प्रतियोगीलाई कन्सलटेन्सी व्यवसायीलगायतले बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend