काठमाडौं - सत्तारुढ गठबन्धनमै रहेर पनि माओवादी केन्द्रका नेता कार्यकर्ता अराजक बन्दै गएका छन् ।
स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा माओवादीबाट कांग्रेस नेता कार्यकर्ता कुटिने क्रम जारी छ । विशेष गरेर रोल्पा र रुकुम जहाँ माओवादी बलियो छ, त्यहाँ कांग्रेस कार्यकर्ता दिनहुँ कुटिँदै आएका छन् ।
यसैक्रममा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट नेपाली कांग्रेसका कार्यकर्ता चार जना घाइते भएका छन् । सोमबार राति ९ बजेतिर बाँफिकोट गाउँपालिका–३, दहस्थित कांग्रेस कार्यकर्तामाथि माओवादीका कार्यकर्ताले आक्रमण गरेका थिए ।
आक्रमणमा कांग्रेस वडा सभापति सूर्यप्रकाश मल्ल, वडा सदस्य मित्रलाल ओली, राजेश केसी, हुपजंग बोहरा घाइते भएका छन् । राति घरमै बसिरहेकाहरु कांग्रेस कार्यकर्तामाथि माओवादीले आक्रमण गरेर भागेको कांग्रेसको प्रचारप्रसार केन्द्रीय उपसमितिका सदस्य तारक केसीले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले सोमबार राति कांग्रेसका कार्यकतामाथि आक्रमण भएको खबर आएपछि प्रहरी परिचालन गरिएको र अहिलेको अवस्था सामान्य रहेको डिएसपीले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।