मंगलवार, आषाढ १४ २०७९Jun 28 2022

Logo
images
images
images
images

प्रचण्डले गठबन्धनविरुद्ध कैलालीबाट सुरु गरे विद्राेह, कांग्रेसका उम्मेदवारविरुद्ध मागे बागीलाई भाेट

प्रचण्डले गठबन्धनविरुद्ध कैलालीबाट सुरु गरे विद्राेह, कांग्रेसका उम्मेदवारविरुद्ध मागे बागीलाई भाेट

  • मिडिया डबली
  • सोमवार, बैशाख २६ २०७९

  • 3.4K
    SHARES

  • प्रचण्डले गठबन्धनविरुद्ध कैलालीबाट सुरु गरे विद्राेह, कांग्रेसका उम्मेदवारविरुद्ध मागे बागीलाई भाेट

    धनगढी - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका बागी उम्मेदवारलाई भाेट मागेका छन् ।

    सत्तारुढ गठबन्धनले धनगढीमा आयाेजना गर्न लागेकाे चुनावी सभा सम्बाेधन गर्न कैलाली पुगेका प्रचण्डले कैलारी गाउँपालिकामा उपप्रमुखमा बागी उम्मेदवारी दिएकी लक्ष्मी सत्गौवा थारुलाई साेमबार भाेट मागेका हुन् ।

    images
    images
    images
    images

    सोमबार कैलारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसले भित्रभित्रै गठबन्धन विरोधी क्रियाकलाप गरेको रिपाेर्ट आफूसमक्ष आएको भन्दै त्यसले तालमेलमा बाधा पुर्‍याउन सक्ने आशंकासमेत व्यक्त गरे ।

    उनले कांग्रेसको गतिविधिले गठबन्धनको भरोसा नभएको भन्दै आफ्नै बलबुत्तामा चुनाव लड्नसमेत आफ्ना उम्मेदवारलाई निर्देशन दिए ।

    सोही क्रममा उनले कैलारी गाउँपालिकाकी उपप्रमुखलाई उनले भोट मागेका हुन् । पाँचदलीय गठबन्धनको सहमतिअनुसार कैलारी गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको छ । माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुले बागी उम्मेदवार दिएकी थिइन् ।

    गठबन्धनकाे उम्मेदवारविरुद्ध बागी दिएकाे भन्दै उनलाई कारबाही गरिएको थियो । तर सोमबार भने उनले कारबाहीमा परेकी सत्गौवा थारुलाई अत्यधिक मतले जिताउन सार्वजनिक रूपमै अपिल गरे ।

    ‘गठबन्धनमा कांग्रेसको भूमिका राम्रो नदेखिने संकेत देखिएको छ,’ उनले भने, ‘उसले ठाउँठाउँमा बागी उम्मेदवार खडा गरेर चुनाव जिताउने प्रयत्न पनि गरिरहेको छ, त्यसैले कैलारी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षलाई नै भोट दिएर जिताउन आग्रह गर्दछु,’ उनले भने, ‘कांग्रेसको एक स्थानीय नेतासँग पनि मेरो कुरा भयो ।

    म र प्रधानमन्त्री देउवासँगै आएका छौँ, उहाँसँग कुरा गरेर कांग्रेसले जसरी उम्मेदवारी दिएको छ, खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्दछ, हाम्रा उम्मेदवारलाई विजय गराउन अपिल गर्दछु ।’

    उनले अझै गठबन्धन क्लियर नभएको बताउँदै आफूहरूले गठबन्धनको मर्मअनुसार उम्मेदवारी दिएका उम्मेदवार र प्राविधिक कारण स्वतन्त्र उम्मेदवारी दिन पुगेका आफ्ना उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन अपिलसमेत गरे ।

    कैलारी गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पाउने सहमति भएको थियो । कांग्रेसले पनि अध्यक्षमा बागी उम्मेदवारी दिन लगाएको छ ।

    प्रचण्डको यस्तो अभिव्यक्ति पछि सत्तारुढ गठबन्धनमा तिक्तता आउन सक्ने देखिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०१:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend