काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।
एमाले अध्यक्ष केपी ओलीले मंगलबार नेपाली कांग्रेसको स्थानीय तहको निर्वाचन घोषणापत्रलाई पागलहरुको प्रलाप भनेको भोलिपल्ट आज कांग्रेसको घोषणापत्र निर्माण संयोजक थापाले काउन्टर दिन लागेका हुन् ।
दिउँसो १ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा नेता थापाले ओलीलाई मुखभरिको जवाफ दिने भएका हुन् । कांग्रेस घोषणापत्रमा यसअघिको सरकारले गरेका गलत कामको आलोचना र ओलीले गरेका संविधानविरोधी कदमको व्याख्या गरिएको थियो ।
कांग्रेसले लिखित रूपमै घोषणापत्रमा आफू र एमाले सरकारको आलोचना गरेपछि ओली भाउन्न भएका थिए । सोही कारण मंगलबार उनले कांग्रेसको घोषणापत्रलाई चोरी गरेको आरोप लगाउँदै कांग्रेसका नेतालाई पागलहरूको प्रलाप भनी टिप्पणी गरेका थिए ।
जसको अहिले व्यापक विरोध भइरहेको छ । मंगलबार नै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र प्रवक्ता डा.प्रकाशशरण महतले ओलीको गालीगलौजको कडा प्रतिवाद गरेका थिए ।
चुनावी मुखमा कांग्रेस जस्तो लोकतन्त्रवादी पार्टी र नेतामाथि ओलीले तुच्छ ढंगले टीकाटिप्पणी गरेपछि अब देशभर एमालेका उम्मेदवारलाई हराउने रणनीति कांग्रेसले बनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।