काठमाडौँ- सत्ता गठबन्धनले गरेको भागबण्डामा मधेसको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि नेपाली कांग्रेसकाउपमहानगरपालिका सभापति मनोजकुमार साह सहितका नेताहरुले आज सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।
जनकपुरधाम उपमहानगरमा मेयर जनता समाजवादी पार्टीलाई दिने सत्ता गठबन्धनको सहमति भएपछि असन्तुष्ट बनेका साहले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
उनीहरुले दिउँसो दुई बजे पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दैछन् । 'नेपाली कांग्रेसले जनकपुरको सन्दर्भमा गरेको गलत निर्णय सच्याउन यसअघि २४ घण्टे अल्टिमेटम दिएका थियौं, नभए कठोर कदम चाल्न बाध्य हुने समेत भनेका थियौं,' साहले भने ,'तर पार्टीले त्यो कुराको सुनुवाइ नगरेपछि नेपाली कांग्रेस परित्याग गर्दैछौं ।' स्वतन्त्र भएर उम्मेदवारी दिने उनले खुलाए । उनीसँगै वडा सभापतिहरूले पनि राजीनामा दिने तयारी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।