शुक्रवार, जेठ १३ २०७९May 27 2022

Logo
images
images
images
images
राजनीतिक बिशेष

गठबन्धन गर्दा कांग्रेसलाई महानगरको जनप्रतिनिधिमा घाटा कि फाइदा ?

गठबन्धन गर्दा कांग्रेसलाई महानगरको जनप्रतिनिधिमा घाटा कि फाइदा ?

  • मिडिया डबली
  • बुधवार, बैशाख ७ २०७९

  • 2.3K
    SHARES

  • गठबन्धन गर्दा कांग्रेसलाई महानगरको जनप्रतिनिधिमा घाटा कि फाइदा ?

    काठमाडौं - अन्ततः सत्तारुढ गठबन्धनले मंगलबार मध्यराति महानगरपालिका प्रमुख उपप्रमुखमा भागबन्डा गरेका छन् । अहिलेको भागबन्डाले महानगरमा कांग्रेसलाई घाटा लागेको छ ।

    पाँच वर्षअघिको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट प्रमुख र उपप्रमुखमा सातजना निर्वाचित भएका थिए । तर, अहिलेको गठबन्धनअनुसार निर्वाचनमा कांग्रेसले ६ वटा पद मात्रै पाएको छ । जबकि निर्वाचन भएर आउने नआउने भन्ने निश्चित छैन ।

    images
    images
    images
    images

    ०७४ सालको निर्वाचनमा कांग्रेसले ललितपुर र विराटनगर महानगरपालिकामा मेयर र उपमेयर दुवै पद जितेको थियो । काठमाडौं, भरतपुर र वीरगन्ज महानगरपालिकामा उपमेयर जितेको थियो । यसरी कांग्रेसबाट सातजना निर्वाचित भएका थिए ।

    ललितपुर महानगर मेयरमा चिरिबाबु महर्जन र उपमेयरमा गीता सत्याल, विराटनगर मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की, काठमाडौं मेयरमा हरिप्रभा खड्गी, भरतपुर महानगर उपमेयरमा पार्वती शाह र वीरगन्ज महानगरको उपमेयरमा शान्ति कार्की निर्वाचित भएका थिए ।

    तर, यसपटक कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगरको मेयर तीनजना, वीरगन्ज, भरतपुर र पोखरा उपमेयर तीनजना गरी ६ जना मात्र भागमा परेको छ । पाँचदलीय गठबन्धनका कारण कांग्रेसले आफूले जितेको जनप्रतिनिधि पनि गुमाउने भएको हो ।

    अबको निर्वाचनमा कांग्रेसको मुख्य भिडन्त भनेको एमालेसँग मात्रै हो । विगतमा ओलीको जताततै वाहवाही हुँदा पनि कांग्रेसले स्थानीय तहमा राम्रै जित हात पारेको थियो ।

    यसपटक पनि कांग्रेसको काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, वीरगन्ज र विराटनगरमा ठूलो भोट बैंक छ । गठबन्धनका कारण कांग्रेसले अन्य दललाई मत हालेर जिताउनुपर्ने बाध्यता छ ।

    विगतको मतका आधारमा कांग्रेसलाई थोरै मात्र मत आए सबैतिरका उम्मेदवारले जित्ने भएकाले पनि कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन गर्ने निर्णयमा पुगेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०२:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend