काठमाडौं - माओवादी केन्द्रसँग पार्टीका नाम भजाउने नेता र चुनावी एजेन्डा सकिएको एउटा तस्बिरले पुष्टि गरेको छ ।
सरकारी तलब खाइरहेका नेपाल विद्युत् प्राधिकरण प्रमुख कुलमान घिसिङको फोटो माओवादीले चुनाव प्रचारमा प्रयोग गरेको छ । जुन निर्वाचन आचारसंहित विपरीत हो ।
बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेसबुक पेजमा कुलमानको तस्बिर पोस्ट गरेका छन् ।
‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ शीर्षकमा प्रचण्डले पोस्टर सेयर गरेका हुन् । पोस्टरमा प्रचण्ड, जनार्दन शर्मा र घिसिङको फोटो छ ।
जनस्तरमा पनि कुलमानको फोटो राखेकामा आपत्ति जनाइएको छ । पत्रकार अशोक पौडेलले प्रश्न गर्नुभएको छ– ‘एउटा पार्टीले विद्युत प्राधिकरणका कर्मचारी कुलमान घिसिङ कै फोटो बेच्नुपर्ने दिन आएको हो ?’ पछिल्लो समय माओवादीले चुनावमा जान कुनै पनि एजेन्डा भेटेको छैन ।
पार्टीका नेता कार्यकर्ताले धमाधम माओवादी छाडिरहेका छन् । जनस्तरमा पनि माओवादीप्रति राम्रो छाप छैन । त्यसैले अब कुलमानलाई बोक्नुपर्ने अवस्थामा प्रचण्ड पुगेको देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।