शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

एउटा चुनावी एजेन्डा नभेटेपछि माओवादीले गर्‍यो कुलमान घिसिङको फोटो दुरुपयोग

एउटा चुनावी एजेन्डा नभेटेपछि माओवादीले गर्‍यो कुलमान घिसिङको फोटो दुरुपयोग

  • मिडिया डबली
  • बुधवार, चैत्र ३० २०७८

  • 4.9K
    SHARES

  • एउटा चुनावी एजेन्डा नभेटेपछि माओवादीले गर्‍यो कुलमान घिसिङको फोटो दुरुपयोग

    काठमाडौं - माओवादी केन्द्रसँग पार्टीका नाम भजाउने नेता र चुनावी एजेन्डा सकिएको एउटा तस्बिरले पुष्टि गरेको छ ।

    सरकारी तलब खाइरहेका नेपाल विद्युत् प्राधिकरण प्रमुख कुलमान घिसिङको फोटो माओवादीले चुनाव प्रचारमा प्रयोग गरेको छ । जुन निर्वाचन आचारसंहित विपरीत हो ।

    बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेसबुक पेजमा कुलमानको तस्बिर पोस्ट गरेका छन् ।

    ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ शीर्षकमा प्रचण्डले पोस्टर सेयर गरेका हुन् । पोस्टरमा प्रचण्ड, जनार्दन शर्मा र घिसिङको फोटो छ ।

    जनस्तरमा पनि कुलमानको फोटो राखेकामा आपत्ति जनाइएको छ । पत्रकार अशोक पौडेलले प्रश्न गर्नुभएको छ– ‘एउटा पार्टीले विद्युत प्राधिकरणका कर्मचारी कुलमान घिसिङ कै फोटो बेच्नुपर्ने दिन आएको हो ?’ पछिल्लो समय माओवादीले चुनावमा जान कुनै पनि एजेन्डा भेटेको छैन ।

    पार्टीका नेता कार्यकर्ताले धमाधम माओवादी छाडिरहेका छन् । जनस्तरमा पनि माओवादीप्रति राम्रो छाप छैन । त्यसैले अब कुलमानलाई बोक्नुपर्ने अवस्थामा प्रचण्ड पुगेको देखिएको छ ।

    kulman ghising.png

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend