काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जतिवेला पनि क्रान्ति, परिवर्तन, वर्गसंघर्ष, सर्वहारा मजदुर भनेर भाषण दिइरहन्छन् ।
उनीहरूको मुक्तिका लागि आफूले काम गरिरहेको भन्छन् । तर व्यवहारमा ठीक उल्टो गरिरहन्छन् । राज्यबाट नियुक्ति दिनुपर्दा र उच्च ओहोदामा आफन्तलाई पहिलो प्राथमिकता दिन्छन् ।
आफन्त र भाइभतिजालाई राज्यकोषमा हालीमुहाली गर्न नपाएकै झोकमा प्रचण्डले एमाले सरकार ढालेको सबैले बुझ्दै गएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रचण्डले भनेका कुनै पनि कुरा मान्न छाडेका थिए । उनी जहिल्यै बालुवाटार पुगेर यो काम गर्नुपर्यो, त्यो काम गर्नुपर्यो भन्दै ओलीलाई सल्लाह दिन्थे । तर ओलीले टेर पुच्छर लगाउँदैनथे ।
त्यही रिसमा प्रचण्डले माधवकुमार नेपाललाई भड्काएर ओलीलाई कमजोर पारे । त्यसपछि उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको शरणमा पुगे ।
अहिले भकाभक उनले देउवामार्फत आफ्ना मान्छेलाई नियुक्ति दिलाइरहेका छन् । पार्टी संगठन गर्ने उपयुक्त मौका पाएका छन् ।
प्रचण्डले छोरी रेणु दाहाललाई मेयर बनाए । बुहारी विना मगरलाई सांसद र मन्त्री बनाए । ज्वाइँहरूलाई सरकारी पदमा नियुक्ति गर्न लगाए ।
अहिले भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको सांसद बनाएका छन् । माओवादी आन्दोलन गर्ने बेला निमुखा जनता चाहिने अनि राज्यबाट पद र प्रतिष्ठा पाउने बेला प्रचण्डको परिवारले मात्र पाउँदै आएका छन् ।यस अघि भाई महेशराज दाहाललाई प्रचण्डले अस्ट्रेलियाको राजदुत बनाएका थिए ।
तर पनि माओवादीमा उनको विरोध गर्ने सामथ्र्य कसैले गरेका छैनन् । यसले पनि माओवादी नेता कार्यकर्ता कतिसम्म निरीह रहेछन् भन्ने पुष्टि गर्छ ।
उनकै कारण माओवादी केन्द्रले अहिलेसम्म पदाधिकारी चयन गर्न नसकेको हो । उनी पहिलेकै जस्तो माओवादीमा सुप्रिमो बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।