मंगलवार, आषाढ १४ २०७९Jun 28 2022

Logo
images
images
images
images
राजनीतिक बिशेष

देउवाको काँधमा बन्दुक राखेर पड्काउँदै प्रचण्ड

देउवाको काँधमा बन्दुक राखेर पड्काउँदै प्रचण्ड

  • मिडिया डबली
  • शनिवार, चैत्र २६ २०७८

  • 2.8K
    SHARES

  • देउवाको काँधमा बन्दुक राखेर पड्काउँदै प्रचण्ड

    काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई २०७४ सालकै अवस्थामा पुर्याउने भएका छन् ।

    स्थानीय निर्वाचनको मुखैमा सरकारले एकपछि अर्को विवादास्पद निर्णय गरेपछि आमनेपाली जनता चिन्तित भएका छन् ।

    images
    images
    images
    images

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निजी स्वार्थमा सरकारले धमाधम निर्णय गरेको छ । जसको अहिले चौतर्फी विरोध भइरहेको छ ।

    राजदूत नियुक्ति र गभर्नर निलम्बन प्रकरणले आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो धक्का लाग्ने विश्लेषण हुन थालेको छ ।

    अहिलेको निर्णयले घाटा लाग्ने भनेको सिर्फ नेपाली कांग्रेसलाई मात्र हो । माओवादीलाई कुनै घाटा हुने छैन । कांग्रेससँग मन मिलेन भने प्रचण्ड तत्काल एमाले अध्यक्ष केपी ओलीको शरणमा पुग्न सक्छन् भन्ने धेरैलाई विश्वास छ ।

    त्यसैले अहिलेको सरकारले गर्ने हरेक निर्णयले कांग्रेसको भविष्य निर्धारण गर्छ । किनभने अहिले प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका सभापति पनि हुन् ।

    उनी अहिले धमाधम प्रचण्ड र माधवकुमार नेपालले जे जे भनिरहेछन् खुरुखुरु त्यही त्यही मानिरहेका छन् । माधव नेपालले बहिनी ज्वाइँलाई राजदूत नियुक्त गर्न सिफारिस गरे । देउवाले गरिदिए ।

    अर्थमन्त्री जनार्दन शर्माले एक व्यक्तिको ४० करोड रुपैयाँ जुन अमेरिकाबाट ल्याउन खोजिएको थियो, त्यो ल्याउन दबाब दिँदा नमानेकैले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्न सिफारिस गरे ।

    प्रधानमन्त्री देउवाले सोचविचारै नगरी निर्णय गरिदिए । त्यसैले अहिले नेपाली कांग्रेस र सरकार दुवै प्रचण्डको रिमोट कन्ट्रोलबाट चलिरहेको भन्दै आमकांग्रेसी चिन्तित बन्न थालेका छन् ।

    वास्तवमा अहिले बर्खास्त गर्नुपर्ने अर्थमन्त्री शर्मालाई थियो । धेरैले प्रधानमन्त्री देउवाले देशको अर्थतन्त्र टाट पल्टाउने गरी काम गरेको आरोपमा शर्मालाई निलम्बन गर्लान् भन्ने अपेक्षा गरेका थिए ।

    तर, भइदियो उल्टो । गभर्नर अधिकारीले एमाले अध्यक्ष ओलीलाई सूचना पुर्याएको झुटा आरोप लगाउँदै प्रचण्डले गभर्नरलाई निलम्बन गर्न सिफारिस गरेको धेरैलाई थाहा नभएको होइन । तर, प्रधानमन्त्री देउवाले अलिकति पनि त्यसबारे सूचना लिन चाहेनन् ।

    प्रधानमन्त्रीको सचिवालय कमजोर हुँदा र उनलाई सल्लाह दिने व्यक्ति निरीह हुँदा सरकारले एक पछि अर्को दुर्भाग्यपूर्ण निर्णय गरिरहेको विश्लेषकहरूको ठम्याइँ छ ।

    अहिले प्रचण्डको भित्री रणनीति जसरी भए पनि कांग्रेसलाई कमजोर बनाउनेतिर लक्षित छ । उनी जहिले पनि अस्थिरतामा खेल्ने नेता हुन् ।

    कांग्रेसलाई रणभुल्लमा पारेर आफ्ना स्वार्थ पूरा गर्ने प्रचण्डको पहिलेदेखिकै बानी हो । उनले तत्काली कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि धोका दिएकै हुन् । अहिले पनि उनी देउवाको काँधमा बन्दुक राखेर पड्काउन तल्लिन छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०२:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend