शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसका कार्यकर्ताले हराउने भएपछि रेणुलाई मन्त्रीको अफर ! खुसीले प्रचण्डको मनमा लड्डु फल्यो

कांग्रेसका कार्यकर्ताले हराउने भएपछि रेणुलाई मन्त्रीको अफर ! खुसीले प्रचण्डको मनमा लड्डु फल्यो

  • मिडिया डबली
  • बुधवार, चैत्र २३ २०७८

  • 15.2K
    SHARES

  • कांग्रेसका कार्यकर्ताले हराउने भएपछि रेणुलाई मन्त्रीको अफर ! खुसीले प्रचण्डको मनमा लड्डु फल्यो

    काठमाडौं - नेपाली कांग्रेसको नेतृत्वमा स्थानीय तहमा गठबन्धन गर्ने निर्णय भएसँगै चितवनको राजनीति र निर्वाचनलाई लिएर राष्ट्रिय राजनीति रन्किएको छ ।

    चितवन कांग्रेसले भरतपुर महानगरपालिकामा मेयरमा दाबी नछाड्ने घोषणा गरेपछि माओवादी केन्द्रलाई प्राविधिक ठुलो संकट परेको छ ।

    सभापति शेरबहादुर देउवाले निर्देशन दिए पनि स्थानीय तहमा कार्यकर्ताले भोट माओवादीलाई दिएनन् भने रेणु दाहालको पराजय हुने सम्भावना निकै छ ।

    भरतपुरको राजनीति निकै बिथोलिएको छ । छोरी रेणुको राजनीति सुरक्षित बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा लगेर जिताएर बागमती प्रदेशको सरकारमा मन्त्री बनाउँदा नै उचित हुने चितवनबासीको सुझाव दिएका छन्।

    गठबन्धन गरे पनि कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरमा ‘प्रचण्ड’की छोरी रेणु र स्वयं प्रचण्डलाई सहयोग गर्ने सम्भावना निकै कम छ । यस्तो अवस्थामा प्रचण्डलाई प्रतिनिधि सभामा जिताउने सहमतिमा भरतपुरको मेयर कांग्रेसले पाउने सम्भावना छ ।

    रेणुलाई प्रदेशको निर्वाचनमा उम्मेदवार बनाउन सक्ने सम्भावना पनि छ । अहिलेसम्म माओवादीले भरतपुरमा मेयर छाडेको छैन । गठबन्धनका क्रममा माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेसको चारतारे झण्डा र चुनाव चिन्ह ‘रुख’लाई बोकेर कांग्रेसका उम्मेदवार जिताउन प्रचार गर्नुपर्नेछ ।

    प्रचण्डलाई जिताउन कांग्रेसले पनि साथ दिनेछ । भरतपुरको मेयरमा कांग्रेसको भोटले रेणुले जितेकी हुन् । माओवादीको भोटले मात्रै रेणुको पराजय निश्चित थियो ।

    यस पटक स्थानीय तहको निर्वाचनमा कांग्रेसका मतदाताले केन्द्रबाट जति नै तालमेल वा गठबन्धन गरे पनि रेणलाई भोट दिने कुनै ग्यारेन्टी छैन ।

    बरु माओवादीले भरतपुरमा मेयर छाडेर रेणुलाई प्रदेश सांसद र प्रचण्डलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएमा कांग्रेसले साथ दिएर जिताउन सक्ने ठुलो सम्भावना रहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend