बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

२०७४ साल दोहोर्‍याउने प्रचण्डको धम्की, बालुवाटार हिसाबकिताब गर्दै

२०७४ साल दोहोर्‍याउने प्रचण्डको धम्की, बालुवाटार हिसाबकिताब गर्दै

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १८ २०७८

  • 5.6K
    SHARES

  • २०७४ साल दोहोर्‍याउने प्रचण्डको धम्की, बालुवाटार हिसाबकिताब गर्दै

    काठमाडौं - नेपालको राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सबैभन्दा अस्थिर नेता हुन् भन्ने पटकपटकका घटनाक्रमले पुष्टि गरेको छ ।

    तर, त्यही अस्थिर र दोगला चरित्रलाई उनले परिवर्तनकारी चेत भन्दै पार्टीका नेता कार्यकर्ताको दिमाग भुटिरहेका छन् । यस्तै दोहोरो चरित्र प्रचण्डले बिहीबारको बालुवाटार बैठकमा पनि प्रस्तुत गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रचण्डले कांग्रेसले आफूले मागे जति हैसियत नदिए फेरि पनि एमालेसँग चुनावी तालमेल हुनसक्ने धम्की दिए ।

    उनले एमालेसँग तालमेल हुने रहस्य मात्र खुलाएनन्, आफ्ना नेता र एमालेका नेताहरूबीच राति १२ बजेसम्म पनि चुनावी गठबन्धन कसरी गरेर जाने भन्ने गोप्य बैठक जारी रहेको पनि सुनाए ।

    प्रचण्डको यो घुर्कीपछि नेपाली कांग्रेसमा झन् तालमेल नगर्ने मत बलियो बन्न पुगेको छ । ०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेससँग केही ठाउँमा तालमेल गरेको माओवादीले सरकारमै रहेका बेला त्यसबेलाको प्रमुख प्रतिपक्षी दल एमालेसँग प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा वाम तालमेल गरेको थियो ।

    प्रचण्डले बिहीबार पहिलेकै घटना दोहोर्‍याउने चेतावनी दिएका हुन् । उनले चितवनमा आफू र भरतपुर महानगरपालिकामा आफ्नी छोरी रेणु दाहालको राजनीति बचाउन घुर्की दिएको आमकांग्रेसीको बुझाइ छ ।

    कांग्रेस केन्द्रीय समिति बैठकले आवश्यकताका आधारमा पार्टीले बहुमत स्थानमा जित्ने गरी चुनावी तालमेल गर्ने नीतिगत निर्णय गरेको थियो ।

    सो निर्णयपछि पनि कांग्रेसमा अझै तालमेल गर्न नहुने मत बलियो नै छ । बरु जति सिट जितिन्छ एक्लै चुनावमा जानुपर्ने तर प्रचण्डको घुर्की सहन नहुने कांग्रेस नेता कार्यकर्ताको सल्लाह र सुझाव छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend