शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस चितवनले भरतपुर महानगरपालिका रेणु दाहाललाई नछाड्ने, तनावमा प्रचण्ड

कांग्रेस चितवनले भरतपुर महानगरपालिका रेणु दाहाललाई नछाड्ने, तनावमा प्रचण्ड

  • मिडिया डबली
  • मंगलवार, चैत्र १५ २०७८

  • 5.6K
    SHARES

  • कांग्रेस चितवनले भरतपुर महानगरपालिका रेणु दाहाललाई नछाड्ने, तनावमा प्रचण्ड
    फाइल तस्वीर

    काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा चितवनका नेता टेकप्रसाद गुरुङले यसपटक भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई नछाड्ने बताए ।

    अघिल्लो निर्वाचनमा भरतपुर महानगर र संघीय सांसदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाडेकाले यसपटक आफूले पाउनुपर्ने उनको भनाइ थियो ।

    चितवनकै अर्का नेता दिनेश कोइरालाले पनि सोही धारणा सार्वजनिक गर्दै आएका छन् । तर, कांग्रेसले अहिलेसम्म केही बोलेको छैन।

    केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले छोरी रेणुलाई मेयरमा दोहोर्‍याउन भन्दै भरतपुर महानगर माओवादीलाई दिने वातावरण बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रस्ताव गरेका थिए ।

    प्रचण्डको यस्तो प्रस्तावपछि नै कांग्रेस चितवनमा हलचल सुरु भएको हो। त्यही भएर चितवनका कांग्रेस नेता कार्यकर्ताले यसपटक कुनै पनि हालतमा भरतपुर महानगर नछाड्ने केन्द्रलाई चुनौती दिएका हुन् ।

    देउवाले चैत ६ गते बिहान चितवन कांग्रेसका सभापति राजेश्वर खनाललाई बालुवाटार निवासमै बोलाएर ‘भरतपुर प्रचण्डकी छोरीलाई दिनुपर्ने हुन सक्छ, त्यसका लागि सहयोग गर्नुपर्‍यो’ भनेका थिए ।

    प्रचण्डले चैत १० गते चितवनमै खनाललाई भेटेर थप कुराकानी गरे । चुनावी तालमेलका लागि आफैंले अघि सारेको ‘मोडालिटी’ ले पनि भरतपुर महानगर माओवादीले पाउनुपर्ने प्रचण्डको तर्क छ ।

    उनले स्थानीय तहको निर्वाचनमा जुन दलले जहाँ–जहाँ जितेका छन् त्यसलाई कायम राखेर एमालेले जितेका स्थानमा भागबन्डा गर्नुपर्ने ‘मोडालिटी’ अघि सारेका थिए ।

    कांग्रेसमा शेखर कोइराला पक्ष भने स्थानीय तहमा केन्द्रबाटै तालमेल गर्न नहुने पक्षमा छ । चितवनमा कोइराला समूहकै बाहुल्य भएकाले स्थानीय तहका नेता तथा कार्यकर्ताको विश्वास नजिती निर्णय लिन देउवालाई अप्ठ्यारो छ ।

    त्यही भएर माओवादीसँग चुनावी तालमेल हुने कि नहुने भन्ने अझै भन्न सकिने अवस्था छैन । आज बस्ने केन्द्रीय समिति बैठकले चुनावी तालमेलका विषयमा महत्वपूर्ण निर्णय लिन सक्ने बुझिएको छ ।

    उम्मेदवारी दर्ता गराउने समय अब एक महिना पनि बाँकी नरहेकाले प्रचण्डले कांग्रेसमाथि दबाब बढाउँदै गएका छन् । तर, यसपटक कांग्रेसले पनि आफ्नो अडान परिवर्तन गरिसकेको छैन ।

    महामन्त्री गगन थापाले कांग्रेसलाई सधैं हँसिया हथौडा चुनाव चिन्हमा भोट हाल्न लगाउन नहुने मत राखिसकेका छन् । यसले देशव्यापी सकारात्मक ऊर्जा प्रवाह भएको अनुमान गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend