शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्डलाई कांग्रेस चितवनको प्रश्न, केन्द्रले भोट हालेर जिताउने भए हामी तपाईलाई किन चाहियो ?

प्रचण्डलाई कांग्रेस चितवनको प्रश्न, केन्द्रले भोट हालेर जिताउने भए हामी तपाईलाई किन चाहियो ?

  • मिडिया डबली
  • शुक्रवार, चैत्र ११ २०७८

  • 4.5K
    SHARES

  • प्रचण्डलाई कांग्रेस चितवनको प्रश्न, केन्द्रले भोट हालेर जिताउने भए हामी तपाईलाई किन चाहियो ?

    काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला गृहजिल्ला चितवनमा छन् । स्थानीय चुनाव अभियानअन्तर्गत उनी जिल्लाका विभिन्न ठाउँमा मत माग्दै हिँडिरहेका छन् ।

    आज उनले भरतपुर महानगरपालिकाको आधुनिक प्रशासकीय भवनको उदघाटन गर्दैछन् । भरतपुर महानगरपालिकाको मेयरमा उनकै छोरी रेणु दाहाल छिन् ।

    प्रचण्ड दोस्रो कार्यकाल पनि रेणुलाई मेयरको कुर्सीमा देख्न चाहन्छन् । त्यसका लागि उनलाई कांग्रेससँगको गठबन्धन आवश्यक छ । त्यही कारण अहिले उनी कांग्रेस चितवनका नेता कार्यकर्ताभन्दा केन्द्रका नेतासँग गठबन्धन गरौं भनेर अनुनय विनय गरिरहेका छन् ।

    बिहीबार चितवन पुगेका प्रचण्डले जिल्लाका कांग्रेस नेता कार्यकर्ता बिच्किने गरी अभिव्यक्ति दिएपछि दिउँसो चितवन कांग्रेसले सार्वजनिक रूपमै भरतपुर महानगरपालिकाको मेयर माओवादीलाई दिन नसकिने स्पष्ट पारेको छ । चितवन कांग्रेसको यो निर्णयले प्रचण्डको आकांक्षामा ठूलो धक्का लागेको छ ।

    प्रचण्डले केन्द्रको कांग्रेसले गठबन्धन गर्ने भने पनि भोट त त्यहीँका मानिसले हाल्ने होला । त्यही भएर अहिले चितवनका कांग्रेस नेता कार्यकर्ता प्रचण्डलाई केन्द्रले जिताउने भन्दै चुनावी अभियानमा होमिएका छन् । भरतपुर महानगरपालिकामा कांग्रेस अरु पार्टीभन्दा कमजोर भने छैन । उसले धेरैवटा वडा जितेको छ ।

    स्वयं प्रचण्डको वडा नम्बर १४ पनि कांग्रेसले नै जितेको छ । त्यही भएर अहिले प्रचण्डमा छटपटी बढेको हो । यसपटक कांग्रेसले माओवादीलाई भरतपुर महानगरपालिका छाडेन भने स्थानीय तहमा चुनावी गठबन्धन नै नहुने सम्भावना पनि धेरै रहेको विश्लेषण गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend