शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

चितवन पुगेर प्रचण्डले दिए कांग्रेसी चिढ्याउने अभिव्यक्ति

चितवन पुगेर प्रचण्डले दिए कांग्रेसी चिढ्याउने अभिव्यक्ति

  • मिडिया डबली
  • बिहिवार, चैत्र १० २०७८

  • 5.4K
    SHARES

  • चितवन पुगेर प्रचण्डले दिए कांग्रेसी चिढ्याउने अभिव्यक्ति

    काठमाडौं - गृहजिल्ला चितवन पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसी चिढ्याउने अभिव्यक्ति दिएका छन् ।

    बिहीबार बिहान चितवन पुगेका प्रचण्डले चितवन कांग्रेसले भनेर मात्र हुँदैन, केन्द्रबाटै गठबन्धन हुन्छ भनेर जिल्लाका कांग्रेस नेता कार्यकर्ता चिढ्याएका हुन् ।

    उनले तीनै तहको चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी पनि गरेका छन्। स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलोपटक आज चितवन आएका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाटै गठबन्धन हुने बताए ।

    उनले भने, ‘गठबन्धन त भइरहेकै छ नि । अहिलेकै गठबन्धन स्थानीय मात्र होइन, प्रादेशिक र संघीय चुनावसम्म पनि रहन्छ ।’ सञ्चारकर्मीको चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन ।’

    प्रचण्डको यो अभिव्यक्तिले फेरि पनि उनी भरतपुर महानगरपालिकामा छोरी रेणु दाहाललाई मेयर उठाउने रणनीतिमा देखिएका छन् ।

    तर, कांग्रेसले यसपटक आफैं मेयरको उम्मेदवार उठाउने निश्चित छ । बरु संघीय सांसदमा प्रचण्डलाई समर्थन गर्न सकिने तर भरतपुरको मेयर नछाड्ने मनस्थितिमा चितवनका कांग्रेसी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend