बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेसलाई फेरि धोका दिँदै प्रचण्ड, आफ्ना नेताहरूलाई गरे यस्तो सर्कुलर

कांग्रेसलाई फेरि धोका दिँदै प्रचण्ड, आफ्ना नेताहरूलाई गरे यस्तो सर्कुलर

  • मिडिया डबली
  • सोमवार, चैत्र ७ २०७८

  • 6.6K
    SHARES

  • कांग्रेसलाई फेरि धोका दिँदै प्रचण्ड, आफ्ना नेताहरूलाई  गरे यस्तो सर्कुलर

    काठमाडौं - नेपालको राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जति अस्थिर नेता सायदै कम होलान् । उनी कहिल्यै पनि स्थिर देखिएका छैनन् ।

    कांग्रेससँग सरकार चलाइरहेका बेला उनले ०७४ सालमा एमालेसँग सहकार्य गरेर चुनाव जिते । पछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण नै गराए । तर, त्यो तीन वर्ष पनि टिकेन ।

    त्यसपछि फेरि उनी नेपाली कांग्रेसकै शरणमा आइपुगे । अबदेखि गल्ती गर्दिन भनेर बाचा कसम पनि खाए । अहिले पनि कांग्रेस र माओवादी केन्द्र सरकारमा छन् ।

    पाँचदलीय गठबन्धन बनेको छ । तर, कांग्रेसले चुनावमा गठबन्धन नगरेको भन्दै अहिले फेरि उनी एमालेको शरणमा पुगेका छन् ।

    उनले स्थानीय निर्वाचनमा एमालेसँग गठबन्धन गरेर जान जिल्ला जिल्लामा आफ्ना नेताहरूलाई निर्देशन दिएको समाचार बाहिरिएको छ ।

    माओवादी केन्द्रका नेता चक्रपाणि खनालले अध्यक्ष प्रचण्डले एमालेसँग मिलेर चुनाव लड्न सर्कुलर नै जारी गरिसकेको जानकारी दिएका छन् ।

    प्रचण्डको यो हर्कतले नेपाली कांग्रेसलाई भने गठबन्धन नगर्न बाटो खुला भएको छ । यसै पनि नेपाली कांग्रेसमा चुनावमा गठबन्धन नगर्न दबाब पर्र्दै आएको छ । कम्युनिस्ट पार्टीहरू विभाजित भएका बेला कांग्रेस एक्लै चुनावमा जानुपर्ने मत बलियो छ ।

    तर, प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भने कम्युनिस्टको भर हुन्न, फेरि पनि उनीहरू मिल्न सक्छन् भन्दै केही केही ठाउँमा गठबन्धन गरेर जानुपर्ने मनस्थितिमा देखिएका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दोहोरो चरित्रका कारण देउवा आफ्नो मनस्थिति परिवर्तन गर्न बाध्य हुनेमा कांग्रेस नेता कार्यकर्ता विश्वस्त छन् ।

    यतिबेला आफ्ना धेरै नेता कार्यकर्ताले पार्टी छाडेको भन्दै प्रचण्ड एमालेसँग मिल्न बाध्य हुने विश्लेषण गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend