काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने र त्यसभन्दा एक दिन पनि तलमाथि नहुने घोषणा गरेका छन् ।
कांग्रेस सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिले सोमबार आयोजना गरेको नेपाली कांग्रेस १४औँ अधिवेशन, सुदृढ संगठन, गतिशील नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थापाले वैशाख ३० मै निर्वाचन हुने र हारका लागि तयार रहन एमालेलाई चुनौती दिए ।
‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुन्छ। वैशाख ३० भन्दा एक दिन पनि तलमाथि हुँदैन। म एमालेलाई आग्रह गर्न चाहन्छु कांग्रेससँग हारको सामना गर्न तयार भएर बसे हुन्छ,’ उनले भने ।
उनले कांग्रेसलाई जिताउन अभियान नै सुरु भइसकेको पनि बताए । ‘घर घर जाउँ, कांग्रेस जिताउँ अभियान कांग्रेसले सुरु गर्छ,’ उनले थपे, ‘यसका लागि जिल्ला, पालिका हुँदै वडा तहसम्म प्रतिनिधिहरु खटाउने काम हुँदैछ। यसको अन्तिम तयारीमा पार्टी पुगेको छ।’
कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन फागुन २६ र २७ गते तय भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।