शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

किन प्रचण्डसँग नेताहरू टिक्दैनन्, क–कसले छाडे उनको साथ ?

किन प्रचण्डसँग नेताहरू टिक्दैनन्, क–कसले छाडे उनको साथ ?

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २२ २०७८

  • 5.4K
    SHARES

  • किन प्रचण्डसँग नेताहरू टिक्दैनन्, क–कसले छाडे उनको साथ ?

    काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जीवनको उत्तराद्र्धमा आइपुग्दा धेरै सहयोद्धालाई गुमाएका छन् ।

    अर्थात् उनलाई ०५२ सालमा सशस्त्र द्वन्द्व सुरु गर्दा साथ दिने नेताहरूमध्ये अब एकाध मात्र छन् । हिजो लडाकूका कमान्डर नन्दबहादुर पुन, वर्षमान पुन, जनार्दन शर्मा र चक्रपाणि खनाल मात्र बाँकी छन् । अरु सबैले माओवादी पार्टी छाडिसकेका छन् ।

    २५ वर्षअघि माओवादी आन्दोलन सुरु गर्दा प्रचण्डलाई साथ दिनेमध्ये ७५ प्रतिशत नेताले उनको साथ छाडिसकेका छन् । मोहन वैद्य किरण, डा.बाबुराम भट्टराई, सीपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरिशंकर चौधरी, हरिभक्त कँडेल, गोपाल किराँती, आहूति जस्ता कुनै समयका माओवादी रोलमोडल नेता सबैले प्रचण्डको साथ छाडेका छन् ।

    यदि माथि उल्लिखित नेताहरूलाई मात्रै पनि प्रचण्डले आफ्नो साथमा राख्न सकेको भए यो देशमा सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी माओवादी हुने कुरामा कुनै सन्देह थिएन ।

    तर, सधैं नेतृत्वमा रहन विभिन्न झुट, तिगडम, षड्यन्त्र गर्दा प्रचण्डले एक से एक नेताहरूलाई गुमाउँदै गए । अब बचेखुचेका केही नेताले पनि उनको साथ छाड्ने संकेत गरेका छन् । जसमा नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, अञ्जना विशुंखेलगायत छन् ।

    प्रचण्ड आफूलाई सधैं क्रान्तिकारी नेता भनेर दाबी गर्छन् । तर उनको क्रान्तिकारिताप्रति उनीसँग २०औं वर्ष राजनीति गरेका नेताहरूले नै विश्वास गरेनन् । सुरुमा बाबुराम भट्टराईले माओवादी त्यागे ।

    त्यसपछि मोहन वैद्य, सीपी गजुरेल, नेत्रविक्रम चन्द विप्लवले माओवादी छाडे । सबैले छुट्टाछुट्टै पार्टी गठन गरे । माओवादी टुक्राटुक्रा पार्टीमा विभाजन भएर पनि अझैसम्म प्रचण्डमा चेत पलाएको छैन ।

    अहिले पनि प्रचण्ड माओवादी यो देशको ठूलो पार्टी बन्छ भनेर गफ चुट्न व्यस्त छन् । पार्टीका अधिकांश नेता कार्यकर्ता र भोटर गुमाएर पनि प्रचण्डले के आधारमा पार्टी ठूलो बन्छ भनिरहेका छन् भनेर सबैजना चकित परेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend