बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

गगन थापाले हावादारी कुरा गर्ने कम्युनिस्टको मुकुण्डो संसदमै उतारिदिए, सबै परे चकित !

गगन थापाले हावादारी कुरा गर्ने कम्युनिस्टको मुकुण्डो संसदमै उतारिदिए, सबै परे चकित !

  • मिडिया डबली
  • आइतवार, फाल्गुण १५ २०७८

  • 11.5K
    SHARES

  • गगन थापाले हावादारी कुरा गर्ने कम्युनिस्टको मुकुण्डो संसदमै उतारिदिए, सबै परे चकित !

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हावादारी कुरा गर्ने र जनतालाई भ्रममा पार्ने कम्युनिस्टको मुकुण्डो संसदमै उतारिदिएका छन् ।

    आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय महत्वको विषयमा छलफल चलिरहँदा प्रमुख प्रतिपक्षी दल एमाले पनि सँगै बसेर छलफल गर्न चाहेर प्रयास गरेको तर सफल नभएको बताए ।

    ‘राष्ट्रिय विकासका आवश्यकता परिपूर्ति गर्न आन्तरिक लगानीले अपुग हुने अवस्थामा हाम्रो राष्ट्रिय हित र पंचशीलको आधारमा अनुदान र ऋण लिने हो। त्यही कारण हामीले भारतसँग बिप्पा, चीनसँग विआरआई र अमेरिकासँग एमसीसी सम्झौता गरेका हौँ। यो एमसीसी प्रस्ताव अघि बढाउने कुरामा झलनाथ खनालदेखि यो सदनमा भएका सबै प्रधानमन्त्री हुँदा यो विषयमा संलग्न भएका छौँ। यो संसदमा रहेको मजदुर किसान पार्टीबाहेक अरु कुनै दल छैन कि यी र यस्ता सम्झौतामा संलग्न नभएको होस्,’ उनले भने, ‘गिरिराजमणि पोखरेलले ०७४ साउनमा सरकारले गरेको मन्त्रिपरिषदको निर्णय गर्दैगर्दा मन्त्री बनेर बस्दा तपाई अहिले राष्ट्रवादी बन्ने कुरा गर्ने ?’ उनले लेखा परीक्षणको विषयमा गत आर्थिक वर्षकै लेखा परीक्षण प्रतिवेदनमा परेको, विकास समिति बनेको र उसले लिएको जग्गा नेपालकै हुन्छ भन्ने उल्लेख भएको बताए ।

    विश्वका कुनै पनि निकाय वा दातृसंस्थासँग गरेका कुनै पनि सम्झौतामा केही न केही यस्तै प्रावधान छन् भने यसमा आपत्ति किन भन्दैै उनले प्रश्न पनि गरे। ‘आफैँले सम्झौता गरेर आउनेहरुले सन्धिमा लेखिएका कुनै पनि बुँदा वा अक्षरबाट तलमाथि भए हामी त्यो मान्दैनौ र लागू गर्दैनौँ भन्ने हिम्मत राख्न हामीले सक्नु पर्दछ,’ उनले भने ।

    अमेरिकाले ६० अर्ब दियो, अब चीनसँग ७० अर्ब देउ भनौँ र भारतलाई ८० अर्ब विकासका लागि यसैगरी देऊ भनौँ भन्दै उनले भने, ‘हामी आफैले गरेको सन्धिमा तलमाथि हुनदिन्नौँ भनी सडकमा उत्रिएका जनतालाई आश्वस्त पारौँ।’

    तत्कालीन कम्युनिस्ट प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्ड, केपी ओली सबैले एमसीसी ल्याउन योगदान गरे पनि अहिले आएर भोटको राजनीति गर्न थालेपछि कांग्रेस महामन्त्री थापाले सबैको मुकुण्डो एक एक गरी उतारिदिएका हुन् । अहिले उनकै रोडम्यापअनुसार एमसीसी अनुमोदनको प्रक्रियामा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend