काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई विश्वास भएको कुरामा काँग्रेस अडिग रहने बताएका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ विमोचन कार्यक्रममा उनले प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी काँग्रेस नभएको बताए ।
महामन्त्री थापाले एमसीसीको नाम नलिइ भने, ‘काँग्रेस आफूलाई विश्वास भएको कुरामा अडिग रहेको छ । सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्दैन ।’ थापाले आफूलाई ठीक लागेको विषयमा काँग्रेस सधै एउटै अडानमा रहने बताए ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरे । महामन्त्री थापाले भने, ‘बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी होइन काँग्रेस । कांग्रेस अन्तराष्ट्रिय विश्वसनीयता कायम राख्ने लगायतका कुराको हेक्का राखेर आफ्नो अडानमा उभिन्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।