शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

माओवादीमा राम्रा नेताको खडेरी, मूर्ति चोरलाई मन्त्री बनाउँदै प्रचण्ड

माओवादीमा राम्रा नेताको खडेरी, मूर्ति चोरलाई मन्त्री बनाउँदै प्रचण्ड

  • मिडिया डबली
  • आइतवार, माघ २३ २०७८

  • 5.6K
    SHARES

  • माओवादीमा राम्रा नेताको खडेरी, मूर्ति चोरलाई मन्त्री बनाउँदै प्रचण्ड

    काठमाडौं - माओवादी केन्द्रमा राम्रा नेताको खडेरी लाग्न थालेको हालैको एउटा घटनाले पुष्टि गरेको छ ।

    दश वर्षे कथित सशस्त्र संघर्षबाट आएको माओवादीमा अब भिजन र सैद्धान्तिक ज्ञान कम भएका नेताको मात्रै हालीमुहाली देखिएको छ ।

    माओवादी केन्द्रले मूर्ति चोरेर फौजदारी कसुरमा जेल सजाय भोगेका छिरिङ दुम्दुम लामा उर्फ कार्चेन लामालाई मन्त्री बनाउन सिफारिस गरेपछि यो पार्टी साँच्चै विघटनतर्फ गइरहेको सबैले अनुमान गरेका छन् ।

    यो निर्णयलाई प्रचण्डपथको अहिलेसम्मकै कलंक निर्णय भन्दै माओवादीमा नेताहरुबीच तीव्र आलोचना भइरहेको छ । ६ महिनाका लागि भन्दै कर्णाली सरकारमा लामालाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफरिस गरेको हो ।

    लामाले चीनको ताक्लाकोटस्थित खोचेर गुम्बामा रहेको १२ सय वर्ष पुरानो मूर्ति चोरी गरेको आरोप पुष्टि भएको थियो । लामासहित छिरिङ पाल्देन लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय हुम्लाले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो ।

    २०५१ मंसिर २५ गते न्यायाधीश निलकण्ठ उपाध्यायले उनी दोषी ठहर भएको फैसला सुनाएका थिए । उक्त फैसलामा दुवै आरोपीलाई दुई–दुई वर्ष कैद र पाँच–पाँच हजार रुपैयाँ जरिवाना हुने आदेश दिइएको थियो ।

    माओवादीले आफूलाई मन्त्री बनाउने तयारी गरेपछि लामाले २०७८ असोज ११ गते मात्रै कैद र जरिवाना भुक्तान गरेका थिए । कैद भुक्तान गरेको वर्ष दिन नपुग्दै सार्वजनिक पदमा बहाल हुनु नैतिकताका आधारमा राम्रो नहुने कानुनविद्हरुको भनाइ छ ।

    लामाको विषयमा माओवादी पार्टीभित्रै कडा आलोचना भएको छ । कर्णाली माओवादीका सचेतक ठम्मर विष्टले एउटा लामो स्टाटस फेसबुकमा पोस्ट गर्दै पार्टी निर्णयका विरुद्ध आफ्नो धारणा राखेका छन् ।

    यो निर्णय पार्टी जीवनमै कलंक सावित भएको उनको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend